भारत हेवी इलेक्ट्रिकल्सकाे सफल्ता संगै नेपालले सिक्नुपर्ने कुरा

इटहरी / भारतमा अन्तरिक्ष यान ‘चन्द्रयान–२’ को प्रक्षेपण संगै भारत हेवी इलेक्ट्रिकल्सकाे चर्चा सुरू भएकाे छ ।  ५० बर्ष पहिले जवाहरलाल नेहरूले स्थापना गर्दा ताका क्यापासिटर, रेडियाे उत्पादन गरेकाे यस उद्योग चन्द्रयान–२ काे पावस सिस्टम (साेलार प्यानल तथा व्यट्री) निमार्ण सम्म पुगेकाे छ । यसले बिश्व भरका १५० भन्दा धेरै ठूला परियोजनाहरू सञ्चालन गरिरहेको यस उद्योगमा करीब पचास हजार कर्मचारी कार्यरत रहेका छन् ।

बिशेषत यस उध्याेगले ऊर्जा संग सम्बन्धित विद्युतिय प्रसारणलाइन , रक्षा, नवीकरणीय ऊर्जा, हाइड्राे, रेलवे लगायतका क्षेत्रमा कार्य गर्दै आइरहेकाे छ । यसले भारतको अर्थतन्त्रको ठुलो हिस्सा ओगट्नुकाे साथै भारत सरकारलाइ अधिकतम कर तिर्ने गरेको छ । यस उद्योगले सन् २०१८ मा बार्षिक  ९.०७ बिलियन अमेरिकि डलर भन्दा बढि कर भारत सरकारलाइ तिरेकाे छ । १७ वटा निर्माण कम्पनी, २ मर्मत इकाई, ४ क्षेत्रीय कार्याल, ८ सेवा केन्द्र, ८ विदेशी कार्यालय, १५ क्षेत्रीय केन्द्र, रहेको यस उद्योगका ७ वाट संयुक्त उद्योग समेत रहेका छन् ।

छिमेकी देश भारतमा सरकारी उद्योग सफल बन्दा नेपालका सरकारी उद्योग भने टाठ पल्टेका छन् । जनकपुर चुरोट कारखाना, नेपाल एयरलाइन्स ,बिराटनगर जुटमिल, हेटैडा सिमेन्ट, वीरगञ्ज चिनी कारखाना लगायत एक दर्जन बढि उद्योग धरायसी बनिरहेका छन् । २०४६ साल को परिवर्तनपछि सरकारको स्वामित्वमा रहेका धेरै उद्योगधन्दा निजीकरण गराए पछि नेपालका उद्योगहरूको बिनास सुरूभएको मानिन्छ ।

बि.सं. २०२१ साल पौष २९ गते राजा महेन्द्रबाट उद्घाटन भएको जनकपुर चुरोट कारखाना अहिले बन्द अबस्थामा रहेकाे छ । सुरुवाती चरणमा वाषिर्क २ अर्ब खिल्ली चुरोटको उत्पादन गर्न सफल भएकाे यस उद्योगमा ३ सय ६६ जनाले कर्मचारी कार्यरत रहेका थिए त्यस्तै जुलाई १९५८ मा शाही नेपाल बायुसेवा निगम रूपमा स्थापना भएको हालको नेपाल वायुसेवा निगम, बिराटनगर जुटमिल, हेटैडा सिमेन्ट, वीरगञ्ज चिनी कारखाना लगायतका दजर्न बढी उद्योगहरू कुनै बन्द तथा संकटमा रहेकाे देखिन्छ ।  देशको अर्थतन्त्रका सहयोग पुर्याउने तथा रोजगारी प्रदान गर्ने उदेश्यले स्थापना गरिएका यस्ता खालका उद्योगहरू क्रमस बन्द हुदै जानुका प्रमुख कारण राजनितिक अस्थिरता, पाटिकाे भर्तिकेन्द्र ,भ्रस्ट्राचार, कमजाेर व्याबस्थापन लगायता समस्याहरू प्रमुख रूपमा रहेकाे देखिन्छ ।

नेपालले सिक्नु पर्ने कुरा

नेपालमा भारत हेवी इलेक्ट्रिकल्स जस्ता उद्योगहरू छ स्थापना गर्न नसकिएला तर भएका उध्योगहरू व्यवस्थित तरिकाले संचालन गर्नु पर्ने देखिन्छ । चरम भ्रस्ट्राचार, राजनैतिक नियुक्ती, व्यबस्थाकिय कमजोरी, बजारको अभाब लगाएतका कारणले नेपालका अधिकाङ्स उद्योग बन्द हुने अबस्था पुगेका हुन् । उद्योमा हुने राजनैतिक हस्तक्षप र भ्रस्ट्राचारलाइ नियन्त्रका साथै कुशल व्यवस्थापन गरे नेपालि उद्योग पनि सफल हुनेमा दुइ मत देखिन्न । सरकारी इच्छा सक्तिको कमिले पनि सरकारी उद्योग माथि उठ्न नसकेका हुन ।

त्यसैगरि नेपालमा उद्योग स्थापना गर्न झन्झटिलाे व्यवस्था, अनउत्पादक क्षेत्रकाे बढ्दाे लगानी, बिदेशी लगानी अाकर्षण गर्न नसक्नु लगएतका कारणले गर्दा पनि नेपालमा औद्योगिक बिकास हुन सकेको छैन । त्यसैले सरकारी नितिको पनि पुनराअवलोकन गर्नु पर्ने पनि देखिन्छ । यसै बिच भारतीय हेवी इलेक्ट्रिकल्स उद्योग कुशल व्यवस्थापनका कारणनै सफल भएको हो । राजनैतिक नियुक्ती भन्दा पनि योग्यता र क्षमता का आधारमा व्यवस्थापकहरू नियुक्त गर्न सके नेपालका सरकारी उद्योग पनि सफल हुन सक्ने छन् ।

तपाईको प्रतिक्रिया

Loading…