हेलिकप्टरबाट सुत्केरीको उद्धार

हुम्ला / हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिए । बुढालाई जिल्ला अस्पताल पु¥याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पु¥याएको जेष्ठ अनमी बोहराले जानकारी दिए । अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

Loading…