कतारमा धनकुटाका लिम्बुको समुन्द्रमा डुबेर मृत्युु

दोहा । कतारमा समुन्द्रमा डुबेर एक नेपाली युवाको ज्यान गएको छ। समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका ललित लिम्बुको निधन भएको हो ।

लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आवद्ध थिए । उनको अकल्पनीय निधनले अहिले कतारवासी नेपाली स्तब्ध भएका छन्।

तपाईको प्रतिक्रिया

Loading…