बालिकालाई भारत पु¥याएको आरोपमा महिला पक्राउ

विराटनगर / १५ वर्षीय एक बालिकालाई भारतको पञ्जाव पु¥याएर अवैध काममा लगाएको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–४२ वर्षीय गीता ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । केही समयदेखि खोजी गरिरहे पनि फरार भएर उनी भारत पुगेको प्रहरीको भनाइ छ । अहिले भने गाउँमा आएको मौका छोपेर गीतालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । यो घटनामा गीतासहित बालिकालाई भारत पु¥याउन सुनवर्षी नगरपालिका–९ का २५ वर्षीय रोहित ऋषिदेव, ४३ वर्षीय विजली ऋषिदेव, २१ वर्षीय छुटरु भनिने कैलाश ऋषिदेव, २० वर्षीय गोविन्द ऋषिदेव, ३५ वर्षीय दीपचन्द ऋषिदेव, ३५ वर्षीय भागो ऋषिदेव, २० वर्षीय सागर ऋषिदेव र ३२ वर्षीय श्रीचन्द ऋषिदेव संलग्न रहेको प्रहरीले जनाएको छ ।

रोहित र विजली गीताका छोरा र पति हुन् । पक्राउ परेकी महिला विरुद्ध सोमबार अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको दाहालको भनाइ छ । उनका अुनसार २०७५ फागुन २ गते घरबाट हराएकी बालिकालाई जवरजस्ती भारत पु¥याउने काममा नौ जनाको संलग्नता देखिएको छ । साढे ५ महिनापछि बालिकालाई भारतीय र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर नेपाल ल्याइएको दाहालले बताए ।

बालिकाले आफूलाई जवरजस्ती भारतको पञ्जाव पु¥याएर बन्धक बनाउँदै यौन धन्दामा लगाएको बताएपछि घटनामा संलग्न विरुद्ध अभिभावकले किटानी जाहेरी दिएका छन् । जाहेरी दिएपछि गीता पक्राउ परे पनि अन्य आठ जना भने भारततिर फरार रहेको दाहालको भनाइ छ ।
दाहालका अनुसार सुरुमा तीन जना बुवा, आमा र छोराले परिवार भित्र सल्लाह गरेर योजना बनाएपछि घटनामा अन्यले सहयोग गरेको देखिन्छ । ‘दुईवटा मोटरसाइकलमा आएका चार जनाले जवरजस्ती मोटरसाइकलमा राखेर भारततर्फ लिएर गए भनेर बालिकाले भनेकी छन्,’ उनले भने, ‘अरुले भारतको पञ्जावसम्म पु¥याउने, बन्धक बनाउने र यौन धन्दामा लगाउने काममा सहयोग गरेको देखिन्छ ।’ भारत लैजाने क्रममा बालिका बाटोमा बलात्कृत समेत भएको खुलेको जानकारी उनले दिए ।

दाहालले भारतमा लगेर बालिकालाई विभिन्न खाले श्रम र यौन धन्दामा लगाएको खुलेको बताए । ‘बालिकामाथि भारत लैजानेले जवरजस्ती करणी पनि गरेका छन् । भारत पु¥याएपछि यौन धन्दामा पनि लगाएको पाइयो,’ उनले भने, ‘अन्य श्रममा पनि लगाइएको रहेछ । नमान्दा तातो पन्युले डाम्ने र यातना दिनेसम्मको काम भएछ ।’ बालिकाको शरीर भरी यातना दिएको र पन्युले डामेका घाउ एवं चोट रहेको उनको भनाइ छ ।
घटनाका बारेमा गम्भीर रुपमा अनुसन्धान भइरहेका कारण बाँकी कुरा अनुसन्धानपछि खुल्दै जाने दाहालले बताए ।

तपाईको प्रतिक्रिया

Loading…