ब्राजिलियन फरवार्ड नेइमारविरुद्ध नाराबाजी

पेरिस सेन्ट–जर्मेन (पिएसजी)का समर्थकहरुले ब्राजिलियन फरवार्ड नेइमारविरुद्ध नाराबाजी गरेका छन् । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजन अन्तर्गत आइतबार राति निमेससँगको पहिलो खेलका क्रममा घरेलु मैदानमा जम्मा भएका पिएसजी समर्थकले नेइमारविरुद्ध नाराबाजी गरेका हुन् ।

पिएसजीका समर्थकहरुले ‘नेइमार गो अवे’ तथा ‘गेट लस्ट’ लेखिएको ब्यानर पनि बोकेका थिए । नेइमारविरुद्धको नाराबाजीपछि प्रशिक्षक थोसम टुसिलले अाफ्नो सहानुभूति समर्थकसँग रहेको बताएका छन् । खेल शुरु हुनु भन्दा अगाडि एक टेलिभिजन कार्यक्रममा नेइमार आफूहरुसँगै रहेको र उनी आफूहरुका लागि निकै महत्वपूर्ण खेलाडी रहेको बताएका थिए ।

यतिबेला सरुवा बजारको सबैभन्दा ‘हट केक’ बनिरहेका नेइमारको सरुवामा ठोस प्रगति हुन सकेको छैन । यसै समरमा पिएसजी छाड्न चाहेका उनका लागि पूर्वक्लब बार्सिलोना र स्पेनकै रियल मड्रिड लागेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…