जुवा हारेको झोकमा आफ्नै श्रीमतीमाथी सामुहिक बलात्कार

सांकेतिक तस्बिर

काठमाण्डौ / तपाईलाई अचम्म पनि लाग्ला आफनै जीवनसाथीले श्रीमतीलाई बलात्कारको लागि साथीहरुलाई सुम्पिए भन्दा। भारतको उत्तर प्रदेशस्थित एक गाउँमा रक्सीले मातेका एक पुरुषले जुवा हारेपछि आफ्नै पत्नीलाई बलात्कारको लागि साथीहरुलाई सुम्पिएको घटना सार्वजनिक भएको छ।

रक्सीले मातेका ती पुरुषले साथीहरुसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘सेक्स’का लागि सुम्पिने बाचा गरेका थिए। जुवामा हारेपछि भने उनकी पत्नीमाथी साथीहरुले सामुहिक रुपमा बलात्कार गरेका हुन्। उत्तर प्रदेशको जउनपुर जिल्लाको यो घटना हालै सार्वजनिक भएको हो।

घटनापछि ती महिला अदालत पुगेकी छिन्। जब कि, प्रहरीले कुनै कारवाही अघि बढाउन नचाहेको ती महिलाको आरोप छ। ती महिलाका अनुसार उनका पति जँड्याहा हुन्। पछिल्लो पटक उनले साथीहरुसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका हुन्। रिपोर्ट अनुसार महिलाको पतिका साथी अरुण र अनिल उनको घरमा रक्सी पिउन र जुवा खेल्न आएका थिए।
एजेन्सी

तपाईको प्रतिक्रिया

Loading…