समाजवादी पार्टीका नेतामाथि कपिलवस्तुमा गोली प्रहार

बुटवल / सत्तारुढ समाजवादी पार्टीका नेतामाथि कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा गोली प्रहार भएको छ । समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो । गोली लागेर सामान्य घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको र उनीहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading…