लोप हुँदै गएको धान नाँच संरक्षण गर्न कार्यक्रम


तेह्रथुम / नेपालमा बसोबास गर्ने बिभीन्न जाती तथा समुदायहरुको आ-आफ्नै भाषा,कला,संस्कृती रहेको छ । बिभीन्न भाषा,कला संस्कृतीले भरीपुर्ण नेपालमा बसोबास गने लिम्बु समुदायको पनी छुट्टै मौलिक संस्कृती रहेको पाईन्छ । यी समुदायको मौलिक संस्कृतीको रुपमा धान एकदमै लोपप्रिय मौलिक संस्कृती हो ।

बिबाह,सुद्धाई, तथा बिभीन्न चाडपर्व र मेलाहरुमा नाचिने धाननाच यतीबेला बिरलै रुपमा मात्र देख्ने गरेको पाईन्छ । पहिले पहिले मायालु जोडीहरु धाननाचमा पालाम गाउँदै माया पिरतीमा रमाउने गर्न गरेका थिए । सामान्य परिचय देखी साईनो केलाउँदै मायाको डोरीमा बाँधीन्दै घरजम सम्म धाननाच माध्यमबाट पालाम गाउँदै जोडिने गथ्र्यो । धाननाचमा गाईने पालाममा मायालु जोडीहरुको मनको बह पोखाइने गरिन्थ्यो लिम्बु समुदायका तरुनी तन्नेरीहरुमा । समय सापेक्ष पालाम गाउँदै शुभ कार्य र अशुभ कार्य र मेलापर्महरुमा धान नाच्ने चलन थियो यी समुदायमा । पुर्बमा एकताका एकदमै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुँदै गएको छ ।

पुस्ता हस्तान्तरण हुन नसक्दा पछिल्लो समय यो नाच लोप हुने अबश्थामा पुगेको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । तर तेह्रथुमका युबाहरु लोप हुँदै गएको लिम्बुहरुको मौलिक संस्कृती संरक्षणका लागी थोरै भएपनी जुट्न थालेका छन । धाननाच संरक्षणका लागी जिल्लाको छथर सुक्रबारे बजारमा परम्परादेखी लाग्दै आएको भदौरे पुर्णिमाको अबसरमा कार्यक्रम हुने भएको छ । रत्नदेबी युवा सेवा समाज र छथर खेलकुद बिकास समितीको आयोजनामा कार्यक्रम हुने भएको समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।

लिम्बु समुदायको मौलिक धाननाच लोप हुँदै गएको बेला यहाँका क्लबले संरक्षणका लागी कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ । खासगरी मायालु जोडी बिच मनको बह पोखाउने माध्यमको रुपमा धाननाचमा गाईने पालामलाई लिईन्छ । कार्यक्रममा तरुनी र तन्नेरीहरु सहभागी गराउने तयारी भई रहेको धाननाच कार्यक्रम बिभाका संयोजक नारायण सुब्बाले बताउनु भयो । लिम्बु समुदायका तरुनी तन्नेरी देखी उमेरले डाड काटी सकेका आमा बुबाहरुलाई धाननाच भन्ने बितीक्कै एकदमै हौसिने गरेको पाईन्छ । धाननाच कार्यक्रम साउन ३१ गते हुने भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…