सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचास्थित शुक्रबारेमा श्री सिद्वार्थ गौतम बाल स्तम्भको समुद्घघाटन भएको छ । श्री सिद्वार्थ गौतम बाल स्तम्भ निर्माण उपभोक्ता समितिको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शिवप्रसाद ढकालले बाल स्तम्भको रिवन काटेर समुद्घघाटन गरेका थिए । उनले समारोहमा शुक्रबारे सबै स्थानबाट आउने जाने सेन्टरको ठाउँ तथा मेलमिलाप र एकताको स्थान रहेको जानकारी गराउंदै बाल स्तम्भको निर्माणबाट यस ठाउँको महत्त्व झनै बढेर जाने बताए । उनले विकास निर्माणको कामका लागि योजना र आवश्यक प्रकृया मिलाएर नगरपालिकामा आउन आग्रह गर्दै नपाको तर्फबाट सकेको साथ सहयोग गर्न तत्पर रहेको जानकारी दिए ।

शान्तिका दुत सिद्वार्थ गौतम बाल स्तम्भ निर्माणका लागि शुक्रबारे प्रवासी युवा समूह ,सुन्दरहरैंचा नगरपालिका तथा सहयोग दाताबाट समेत गरि ८ लाख ५६ हजार ४ सय २१ रुपैयाँमा निर्माण भएको थियो । सो स्तम्भको कलाकार अशेष तिम्सिनाको परिकल्पनामा निर्माण भएको थियो । कार्यक्रममा उनको कार्यको उच्च मुल्यांकन गर्दे प्रसङ्सा पत्रले समारोहका प्रमुख अतिथि नगर प्रमुख ढकालले सम्मान गरेका थिए । कार्यक्रम बाल स्तम्भ निर्माणमा सहयोग पुयाउने १० जाना स्थानिय शुक्रबारे प्रवासी युवा समुहका युवाहरुलाई प्रषंशा गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा निर्माण समिति अध्यक्ष जयकुमार श्रेष्ठले आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल स्तम्भ समुद्घघाटन संगै निकटमा रहेको बाल बगैचामा पुष्प रोपणको कार्य समेत गरिएको थियो । समारोहमा नेपाली काँग्रेस नगर सभापति कृष्णबहादुर लिम्बु,महेन्द्र मा.वि का संचालक समिति अध्यक्ष जीवनाथ ढकाल लगायतले बोलेका थिए । स्थानिय अगुवा मोहनलाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक इन्द्रप्रसाद नेपालले गरेका थिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

ग्राहकको रोजाईमा पूर्वाञ्चल पोलिमर, फेबिकल देखी पेन्ट्स सम्मको स्वदेशी उत्पादन

दाह्री ग्याङ सुन्दरहरैंचाको सहयोग अनिसा सापकोटालाई

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण तथा प्राध्यापक कर्मचारीकाे विदाई

माेरङकाे सलकपुर नर्सरी प्रदेश १ कै सबै भन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नती

सुन्दरहरैचा-इटहरी सडक जाम : यात्रीलाई सास्ती र सवारी साधन लामबद्व (१९ तस्विरहरू)

भव्य र सभ्य बन्यो अर्ध कुम्भमेला

तपाईको प्रतिक्रिया

Loading…