कास्की प्रहरी प्रमुखको हातमा लाग्यो हत्कडी


पोखरा / कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीको हातमा हत्कडी लागेको छ । उनले कुनै नराम्रो काम गरेर उनको हातमा हत्कडी लगाइएको भने होइन । उनले साना साना विद्यार्थीहरुलाई प्रहरी र प्रहरीले गर्ने कामबारे सिकाउने क्रममा हत्कडी लगाएर प्रयोगात्मक रुपमा देखाएका हुन् । उपरिक्षक कार्कीको हातमा हत्कडी लागेपछि हत्कडी खोल्नलाई सिपाही चाँबी ल्याए पनि एउटा मात्रै खुले पछि पुन केही बेरमा अर्को चाँबी ल्याएर खोलेका थिए ।

विद्यार्थीले हत्कडी के हो ? हत्कडी किन लगाइन्छ ? भन्ने प्रश्नमा आफुले हत्कडीका बारेमा विद्यार्थीलाई बुझ्ने भाषमा प्रयोग गरेर देखाएको प्रहरी उपरीक्षक कार्कीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…