फेरि शुरू भयाे वर्षा, तराईमा डुबानको खतरा, सतर्कता अपनाउन अग्रह


काठमाडौं / असारको अन्तिम साताबाट शुरु भएर केही दिन रोकिएको भारी फेरि शुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि मुलुकभर भारी वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार बुधबार राति देशभर अधिकांश स्थानमा भारी वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले वर्षाको कारण पहाडी भेगमा पहिरो र तराईमा पानीको बढ्ने तथा डुबान हुने संभावना छ ।

चुरेबाट बग्ने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशखाले आग्रह गरेको छ । महाशाखाले वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने उल्लेख गर्दै त्यसप्रति सजकता अपनाउन आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, ३, ५, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै जसो स्थानमा भारी वर्षाको सम्भावना छ ।तराई ,चुरे र मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेकाले तटिय क्षेत्रका स्थानीयलाई सतर्क रहन विभागले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले तराईमा बाढीको खतरा उल्लेख गरे लगत्तै बर्दियाको बबई र राप्ती नदीमा पानीको बहाव बढिसेको छ । बबई नदीले बुधबार बिहानै ३ जनालाई बनाएको छ । बगेका मध्ये १ जनाको उद्धार गरिएको छ । २ जना भने बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया

Loading…