भारतीय ट्रकले ५ सवारीसाधनलाई ठक्कर दिदा हेटौडामा जे देखियाे (तस्बिरहरू सहित)

हेटौंडा / भारतीय ट्रकले हेटौंडा उपमहानगरपालिका १५ मा ५ वटा सवारीसाधनलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एमएन ०१ डी ८०३१ नम्बरको भारतीय लहरी ट्रकले २ वटा बस, १ टाटा सुमो, १ अटो रिक्सा र एक मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना चुरियामाई मन्दिरबाट १ सय मिटर हेटौँडातर्फको सडकमा भएको हो । टाटा सुमो, अटो रिक्सा तथा बसमा सवार ८ जना घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेहरुको नाम खुल्न सकेको छैन । लहरीको ठक्करपछि नाम नखुलेका मोटरसाइकलका चालक र अटो रिक्साका चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा परी पाँच जना घाइते भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए । उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

p;

तपाईको प्रतिक्रिया

Loading…