स्कुल विभागमा दाबी नछाड्ने पूर्वमाओवादीकाे सहमति

काठमाडौं / तत्कालीन माओवादीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) को स्कुल विभागको दाबी नछाड्ने भएको छ । खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले स्कुल विभागबारे सहमति भइनसकेको ब्रिफिङ गरेका थिए । सचिवालय बैठकअघि आइतबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बीच छलफल भएको थियो ।

पूर्व माओवादीको भागमा परेका अरु १४ विभागमा भने मन्त्रीहरुलाई सम्बन्धित विभागको जिम्मेवारी दिने सहमति भएको छ । स्कुल विभागमा तत्कालीन एमालेले रक्षामन्त्री ईश्वर पोखरेलको नाम अगाडि सारेको छ । भने तत्कालीन माओवादीमा नारायणकाजी श्रेष्ठकाे दाबी रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…