पूर्वमाओवादी नेताहरु सचिवालय बैठकअघि छलफलमा

 

काठमाडौं / नेकपा सचिवालय बैठक आज दिउँसो बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकले जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउने छ । नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमती शीर्ष तहमा भएको छ । यसैबीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको हो ।

बिहान बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको एक नेताले जानकारी दिए । भागवण्डाअनुसार नेताहरुको नाम टुंगो लगाउन बैठक बसेको प्रचण्ड निकट स्रोतले बताएकाे छ । यसअघि पूर्व एमालेका नेताहरु पनि अलग्गै बैठक बसेर जिम्मेवारीबारे छलफल गरेका थिए । पूर्वएमालेको भागमा परेको संगठन विभागको जिम्मा वामदेव गौतमलाई र विदेश विभागको जिम्मा माधव नेपाललाई दिने लगभग टुंगो लागिसकेको नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

Loading…