सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

कृति विमर्श,रामायण वाचन तथा विराट वाणी सार्वजनिकीकरण

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैचा स्थित खाेर्सानेमा रहेकाे सिद्वार्थ सेकेन्डरी स्कुलकाे सभाहलमा विहिवार २०६ अाै भानु जयन्तीकाे सन्दर्भमा कृति विमर्श , रामायण वाचन तथा विराट वाणी सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । विराट साहित्य समाजकाे अायाेजनामा भएको कार्यक्रममा सुन्दरहरैचा नगरपालिका , सुकुना बहुमुखी क्याम्पस ,इन्द्रपुर जेसीज तथा सिद्वार्थ वाेडिङ स्कुलले कार्यक्रमकाे व्यावस्थापन गरेकाे थियाे । सुन्दरहरैचा नपाका उपप्रमुख धनमाया तामाङकाे प्रमुख अतिथीमा भएको कार्यक्रममा स्रष्टा समाज बेलवारी , बेलवारी साहित्य विकास समिति , सुनगाभा साहित्य समाज डांगीहाट तथा राष्ट्रिय पुस्तकालय केरावारीकाे सहकार्य रहेकाे थियाे ।

कार्यक्रममा विराट साहित्य समाजले प्रकाशन गरेकाे विराट वाणीकाे सार्वजनिकीकरण गरिएको थियाे । कार्यक्रममा अायाेजक समाजका पूर्व अध्यक्ष तथा विराट वाणीका प्रधान सम्पादक माेहनप्रसाद काफ्लेले विराट वाणीकाे वारेमा चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार अमृतप्रसाद अाचार्यले भानुभक्तकाे संक्षित परिचय र कविता वाचन तथा गायिका यमुना पराजुलीले रामायणका केही श्लक बाचन गरेकी थिइन ।

कार्यक्रममा कवि छवि वैरागी घिमिरेकाे माटाकाे अास्था कविता संग्रहकाे वारेमा प्राडा भीम खतिवडाले चर्चा गरेका थिए । उनले साहित्य र समसामयिक विषय वस्तुकाे वारेमा चर्चापरिचर्चा गरेर उपस्थित सबैलाई उत्साहित बनाएका थिए । कार्यक्रमका स्रष्टा घिमिरेले अाफ्नाे माटाकाे अास्था कविता संग्रहबाट गुण फल शिर्षककाे कविता बाचन गरेका थिए । कार्यक्रममा कथाकार धनजित पराजुलीद्वारा लेखित हुलिया कथा संग्रहकाे बारेमा सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले समिक्षा गरेका थिए । कार्यक्रममा साहित्यकार तारा पराजुली ढाकाले बृद्धा श्रममा अांशु शिर्षककाे कविता वाचन गरेकी थिइन । सिद्वार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल अर्जुन वस्नेतले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्वागत मन्तव्य अायाेजक समाजका उपाध्यक्ष विदुर सुवेदीले गरेका थिए । उपसचिव दिपकप्रसाद न्याैपानेले संचालन गरेकाे कार्यक्रम उमानाथ भट्टराईकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

पाथिभराकाे तेस्रो वार्षिक साधारण सभा सम्पन्न

विराट एक्स्पाे २०७६ हुने

सुन्दरहरैंचा आइडलको सेमिफाइनलमा छानिए १० प्रतिष्पर्धी

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

हाजिरीजवाफ प्रतियोगितामा स्कोलर्स होम प्रथम

सुन्दरहरैंचा राधाकृष्ण रथयात्रामा जे देखियाे… ( १९ तस्विरहरू)

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…