धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरान / धरान उपमहानगरपालिकाका स्व. मेयर तारा सुब्बाको बार्षिक पुण्य तिथिको अवसरमा धरानमा परिवारले धरान १९ हरियालीमा शालिक अनावरण गर्नुका साथै धरान उपमहानगरपालिकामा श्रद्धाञ्जली सभाको आयोजना सम्पन्न भएकाे छ । धरान बाल सञ्जालको आयोजनामा धरान उपमहानगरपालिकाको प्रांगरणमा आयोजना गरिएको उक्त श्रद्धाञ्जली सभामा धरानका २० वटै वडाका वडा बालसञ्जालको सहभागिता रहेको थियो । श्रद्धाञ्जलीसभामा बालबालिकाहरूले मेयरको धरानलाई बालमैत्री बनाउने योजना अधुरै रहेको भन्दै स्व. मेयरलाई सम्झिए ।

मेयर तारा सुब्बाले धरानलाई बालमैत्री नगर घोषणा गर्ने पहिलो लक्ष्य भए पनि उहाको सपना पूरा नभएको भन्दै उनीहरुले कार्यक्रम स्थलमै दुःख व्यक्त गरे । नगर बाल सञ्जालकी अध्यक्ष अप्सरा खत्रीले स्व. मेयरको सपना पूरा नभए पनि उहाको अठोटलाई अहिलेका जनप्रतनिधिहरुलाई पछ्याएर उहाको सपना साकार बनाउनुपर्नेमा जोड दिइन् ।

श्रद्धाञ्जली सभामा २० वटा वडाकै करिब १ सय भन्दा बढी बालबालिकाको उपस्थिति रहेको थियो । धरानमा अहिलेसम्म ९ वटा वडा बालमैत्री घोषणा भइसकेको छ । स्व. सुब्बाको २०७४ साल साउन १ गते अर्थात आजकै दिन निधन भएको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरानमा मोटरसाइकल चोर पक्राउ

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

तपाईको प्रतिक्रिया

Loading…