टाउको जोडिएका जुम्ल्याहाको सफल शल्यक्रिया

 

 

जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको छ । पाकिस्तान चरसद्दाका सफा र मारवा उल्लाह नाम गरेका बालिकाहरुको तीन पटक सर्जरी भइसकेको छ । उनीहरुको १९ महिनाको हुँदा पहिलो पटक सर्जरी भएको थियो ।

सर्जरीमा अस्पतालका लगभग १०० कर्मचारी सम्मिलित थिए । सर्जरी न्यूरोसर्जन नूर–अल ओवेसी जिलानी, प्रो. डेविड डूनोवे र टिम मिलेर गरेको थियो । सर्जरीको पूरा रकम एक प्राइभेट डोनरले उठाएको छ । उपचार र सर्जरी गरेपछि पनि १० महिना चुनौतीपूर्ण रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…