मोरङको रंगेलीमा भ्यागुताको बिहे, बुढीगंगामा यसरी भयाे डिभोर्स !

मोरङ / मध्य असार बितिसक्दा समेत पानी नपरेपछि मोरङको रंगेलीमा एक जोडी भ्यागुताको भब्य रुपमा बिहे गरियो । संयोगबश त्यहि साँझबाट शुरु भएको बर्षा एक साता बित्दा समेत नरोकिएपछि बिवाहको ९ औँ दिनपछि फेरी डिभोर्स गरिएको छ । रंगेलीको सन्सारीमाई मन्दिरमा असार २१ गते बिवाह गरिएको थियो । त्यसयता निरन्तर बर्षाका कारण देशभर ५ दर्जन बढी ब्यत्तिले ज्यान गुमाएका छन भने मोरङमा मात्र दर्जन बढीले ज्यान गुमाएपछि असार ३० गते भ्यागुताको डिभोर्स गरिएको छ । बुढीगंगा गाँउपालिका २ का प्रकाश बाँनियाले बिधिवत रुपमा भ्यागुताको डिभोर्स गराएका हुन ।

उनले लिखित रुपमै भ्यागुताको डिभोर्स गराएको कागज सामाजिक सञ्जालमा भाईरल भएको छ । यहाँ पनि संयोगबश भ्यागुताको डिभोर्सं गरिएको सोमबार बिहानै देखि घाम समेत लागेको छ । बाँनियाले भ्यागुताको डिभोर्स बाध्यता भएको बताएका छन । पानीले प्रदेश १ को राजधानी बिराटनगर सहित अन्य क्षेत्रमा डुवान भएपछि डिभोर्स गराएको बताए ।

वर्षा नभएपछि कृषकहरुले भ्यागुतोको विवाह गराउन बाध्य भएका थिए । परापुर्व कालमा बुढापाक हरुले समयमै पानी नपर्दा भ्यागुतो को विवाह गर्ने प्रचलन लाई थाती राख्दै वर्षा हुन्छ भन्ने जनविश्वासका साथ किसानहरुले भ्यागुताको विवाह गरेका हुन । किसानहरुले मंन्दिरमा विधिवत रुपमा भाले भ्यागुता र पोथी भ्यागुताको विवाह गरेका थिए ।

वैवाहिक कार्यक्रममा वेहुला र वेहुलीपंक्ष सहित वैवाहिक कार्यक्रम अनुसार किसानहरुले विवाह सम्पन्न गरेका थिए । मन्दिरका पुजारीले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फवाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रृंगारका सामान लगाएर वेहुलीझै सिगारिएको थियो । भ्यागुताको विवाह गर्दा वर्षा हुने जनविश्वास रहिआएकोले किसानहरु सामुहिक रुपमा भेलाभई विवाह सम्पन्न गरेका हुन ।

रंगेली नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठले वेहुला र वेहुलीपंक्षको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा रंगेली,सुनवर्सी नगरपालिका तथा धनपालथान गाउपालिकाका किसानका सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

Loading…