विश्वकप क्रिकेटको फाइनल खेल आज हुदै

 

एजेन्सी / इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल आज हुदैंछ । उपाधि भिडन्तमा आज आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्ड मैदानमा उत्रदैछन्। लण्डनस्थित लर्डस मैदानमा हुने खेलमा दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आज हुने फाइनल खेलमा जुन टोलीले जिते पनि क्रिकेटले नयाँ विश्वविजेता पाउनेछ। इंग्ल्याण्ड र न्युजिल्याण्ड ले हालसम्म उपाधि जित्न सकेका छैनन्। त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ।

विश्वकप क्रिकेटको उपाधि विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने छन् । जुन पुरस्कार अहिलेसम्म कै सर्वाधिक बढी हो । यस्तै उपविजेताले २० लाख डलर हात पार्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले ८/८ लाख डलर पाउनेछन् ।

तपाईको प्रतिक्रिया

Loading…