सप्तकोशीमा पानीको बहाव २ लाख १७ हजार नाघ्यो ,बालियो खतराको संकेत राताे बत्ती

इटहरी । सप्तकोशीमा पानीको बहाव दुई लाख क्युसेक नाघेको छ । साँझ ७ बजेको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख १७  हजार५१५ क्युसेक पुगेको  छ । पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको  छ। पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले सप्तकोशी  अनलाइन  लाइ जानकारी दिएकाे छ।

पानीको बहाव उच्च भएपछी सप्तकोसी  व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

Loading…