गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला क्रिकेट क्लबका लागि खेल्थे ।

तपाईको प्रतिक्रिया

Loading…