आगलागीबाट चार जनाको मृत्यु

नानचाङ / चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ । चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका या अरु हुन् भन्ने बारेमा भने केही बताइएको छैन । यहाँका स्थानीय अधिकारीहरुले आगलागीमा परी चार जनाको ज्यान गएको पुष्टि गरेका छन् । तर आगलागीको कारण भने केही बताएका छैनन् ।

तपाईको प्रतिक्रिया

Loading…