वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध


काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला कमजोर भएको पर्खाल भारी वर्षाले भत्किएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…