त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए


यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ ।

विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए । यति एयरलाइन्सको एटिआर नामको उक्त जहाज चिप्लिएपछि अनिश्चित कालका लागि उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

विदेशका बिभिन्न ठाउँबाट आएका जहाजहरू पनि अवतरण गर्न नसकेपछि फर्किएका छन् । दुबईबाट आएको नेपाल एयरलाइन्स र दोहाबाट आएको कतार एयरवेज फर्किएका छन् । बैंककबाट आएको थाइ एयर र ढाकाबाट आएको विमान बंगलादेश एयरलाइन्सको जहाज आकाशमै घुमिरहेका छन् ।

काठमाण्डौबाट उड्न ठिक्क परेका जहाज पनि रोकिएका छन् । पानी परिरहेकाले अवरुद्ध धावनमार्ग सञ्चालनमा केही समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…