जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस ग्रसीत हने गरेको जसमध्ये ३० प्रतिशतले मृत्युवरण गर्ने गरेको प्राज्ञिक अभिलेख पाईन्छ।विभिन्न खाले पशुहरुका साथै मुसा प्राजाती तथा कुकुरले यस रोग लगाउने जीवाणु लेप्टोस्पाइरालाइइ आश्रय दिई पालेर राखेको पाईन्छ । जनसमुदायहरु त्यस्ता पशुहरुको प्रत्यक्ष संपर्कमा आउदा वा यी पशुहरुले विसर्जन गर्ने पिसावबाट प्रदुषित पानीका श्रोतका वातावरणको संपर्कमा पुग्दा रोग ग्रसित हुन पुग्दछन । त्यसैले पनि लेप्टोस्पाईरोसीसलाई मानिस, पशु अनी वातावरण बिच हुने अन्तरकृयाको प्रभावबाट उत्पन्न हुने संक्रमक रोगको उदाहरण मान्न सकिन्छ ।

जलवायुमा हुने परिवर्तनले यी तिन तत्व विच हुने अन्तरकृयामा फरक पार्ने हुँदा यस्को असर रोग देखिदोका अवस्थाको मात्रा तथा घातकतामा पनि फरक पार्न सक्छ । एउटा शहर विकास दिगो रुपमा हुनका लागी त्यहांका वासिन्दाको स्वास्थ्य स्थितीको अवस्था अती महत्वपुर्ण हुन आउँछ ।अव्यवस्थित अनी अनियंत्रित जनसंख्या बृद्धि अनी विस्तार तथा वातावरणमा हुने परिवर्तनलाइ नियन्त्रण तथा सदुपयोग गर्ने हाम्रो क्षमताको अभावका कारण हाम्रा शहरी जीवन शैलिले प्रयावरणमा पार्ने प्रभावको आंकलन गर्नु आवश्यक हुन आउँछ , जस्ले हाम्रा शहरी योजनाकार तथा व्यवस्थापकको ध्यान शहरी प्रयावरणमा तथा शहरी जनस्वास्थ्यको अन्तर सम्बन्धको बारेमा ध्यान पुग्न जरुरी छ । प्रयावरणमा हुने परिवर्तनले धेरै खाले संक्रामकदेखा पर्न मद्दत गर्छ भने अव्यवस्थित शहरीकरण विकाशले यसरी देखा पर्ने संक्रामक रोगको माहामारी रुप हुनमा सघाउने गर्छ । विकाशोन्मुख मुलुकमा हुने अव्यवस्थित शहरीकरणका कारण जनस्वास्थ्यमा उल्लेखनिय असर पार्नुका साथै पानी हावा तथा किट जन्य तथा पशुजन्य संक्रामक रोग देखा पर्ने गरेको पाइन्छ ।अझ यसरी अव्यवस्थित रुपमा बसोवास गरेको क्षेत्रमा प्रयाप्त भौतीक पुर्वाधार तथा शहरी सामुदायीक स्वास्थ्य सेवा एवं सुविधा सर्वसुलभ नहुँदा यस्ले समस्या झन जटिल बनाँउछ ।

लेप्टोस्पाइरोसीस प्रकोपमा सहयोगी हुने वातावरणीय खेलाडीहरु

जनसमुदायमा लेप्टोस्पाइरोसीस रोग अव्यवस्थित तथा घातकतामा अनुकुल वा प्रतिकुल असर पार्ने वा सघाउने तत्वहरुमा बर्ष वाढी गर्मी अप्रयाप्त शहरी सरसफाई फोहोरमैला व्यवस्थापन तथा यस्तो वातावरणमा रोग ग्रसित हुन सक्ने जनावरको संपर्क हुनर मानिन्छ ।विश्वमा द्रुत रुपमा भइरहेको जलवायु परिवर्तन अनी अव्यवस्थित शहरीकरणका कारण माथी उल्लेख गरीएका पृष्टभुमी तयार पार्ने कारक तत्वहरु पनी बढी मात्रामा तथा बढी विनाशकारी रुपमा देखा पर्न सक्छन, जस्ले गर्दा अव्यवस्थित शहरीकरण भएका क्षेत्रका जनसमुदायमा यो रोग माहामारी रुपमा देखा पर्ने जोखीम बढेर जान सक्छ ।उष्ण जलवायु भएका विकाशिल मुलुकको शहरी क्षेत्रमा अस्तीत्वमा आउने सुकुमवासी वस्ती अनी झुपडपट्टीका जनसमुदायहरु पटक पटक आउने बाढीका कारण हुने डुवान गर्मी तथा तापक्रममा हुने बृद्धि गरीवी उच्च जनघनत्व न्यून सरसफाई न्यून स्वास्थ्य सुविधा उचीत ढल निकाश तथा शहरी फोहोर मैला व्यवस्थापनको अभावका साथै यस्तो वातावरणमा मुसाजन्य जीवको विगविगी हुनका कारण यस्ता क्षेत्रमा बसोवास गर्ने जनसमुदाय लेप्टोस्पाइरोसीस रोगको कारण हुने अप्रत्यासीत माहामारीको उच्च जोखीममा रहने गर्दछन ।

अझ हाम्रा दुर्गम वस्तीमा यस्तो अवस्था आए स्थीती झन भयावः हुन सक्छ । हाम्रो आफ्नो परिवेषमा हाम्रा केहि जाती जनजाती मुसहर थारु समुदायको त मुसाजन्य परिकार तीनको विशिष्ट मौलीक परिकार भीत्र पर्दछ । यसरी यी सिमान्तकृत जनसमुदायमा बसोवास हुने क्षेत्र न्यूनतम मानवीय भौतीक पुर्वाधारको कमी शिक्षा संचेतनाको कमी गरीवी अशिक्षाका कारण यी समुदाय बढी जोखीममा पर्ने संभावना रहन्छ । लेप्टोस्पाइरोसीस बाट अझ यस्ता दुर्गम तथा ग्रामीण क्षेत्रमा माहामारीको स्थीतीमा नियंत्रणका लागी आवश्यक आर्थीक श्रोतको सिमितता अनी जनशक्तिको अप्रयाप्तताले समस्या झन जटिल बन्न सक्ने देखिन्छ नै ।यसबाहेक यस रोगले जनसमुदायको स्वास्थ्यमा असर पार्ने बाहेक सामाजीक दिगोपनालाई पनी धेरै किसीमले असर पार्न सक्छ ।यो रोग महामारीका रुपमा देखा पर्दा यस्ले प्रत्यक्ष एवं अप्रत्याक्ष रुपमा आर्थीक भार बढांउछ । रोग देखीदाको स्थीतीमा तीक्षण विरामीको स्वास्थ्य व्यवस्थापनका साथै यस्को प्रभावको लामो समय व्यवस्थापन खर्च सामुदायीक जनस्वाीथ्य सेवा संचालन विरामी पर्दा जनसमुदायलै काम गर्न नसकि आय आर्जन नहुँदाको आर्थीक क्षती प्राय जसो यो रोगको माहामारी शहरका अव्यवस्थित सुकुमवासी वस्ती अनी झोपड पट्टी वस्तीमा हुने गर्छ जहाँका जनसमुदाय संग वैधानीक बसोवासको प्रमाण पनी हुँदैन जस्ले गर्दा आवस्यक सामाजीक नागरीक सेवा माग गर्न पनी सक्तैनन् बढी जोखीममा पर्ने गर्दछन । यस वाहेक यस रोगले सुंगुर वंगुर अनी गाई प्रजातीमा पनी असर पार्ने हुँदा ती समुदायमा हुने आय आर्जनमा पनि असर पु्याउने गर्दछ । यसरी यो रोग फैलिदा वन्यजन्तु प्रभावीत हुन पुगे भने यस्ले प्राकृतीक जैवीक विविधतामा पनि असर पार्ने गर्दछ ।

वाढी, डुवान आउनुका कारण अनी यस्को प्रभाव

अप्रत्यासीत मौसमी परिवर्तन तथा जलवायुका कारण वाढी तथा डुवानलाई विश्वव्यापी रुपमा सधै जसो भइ रहने प्राकृतिक प्रकोपको रुपमा लिईएको छ। यो बर्षाको समय मात्र सतहमा जम्ने पानीको निकाशको व्यवस्था वाष्पीकरण हावा हुरी सामुन्दि«क सतहको अवस्थिती जलाधार क्षेत्रको क्षमता स्थानीय भुबनोटका कारण हुने गर्दछ । यसबाहेक शहरी विकाश कृत्रिम ताल जलव्यवस्थापन भु उपयोग वन विनाश अनी कृषि प्रणालीले पनी माथीका घटना हुनमा सघाउ पु्याउछ । ठूला शहरहरु अप्रत्यासीत रुपमा एकैछिनको वर्षा पछि पनि डुबानमा पने खत्रा हुने गर्दछ । यस्को मुख्य कारण सिमेन्ट कन्क्रीटबाट बनेको बाटाघाटा पार्किङ स्थल अनी घना कन्क्रीटबाट बनेका घना बस्तीका कारण खुल्ला बोटबिरुवा रहित जमीनका साटो पानी जमीनमा घिस्रीन पाउँदैन । आर्थीक एवं साँस्कृतीक कारणले पनी विश्वका प्राय ठूला शहरहरु कित समुन्द«कै किनारमा वा नदीको किनारमा बसाइएको देखिन्छ ,जुन बाढी तथा डुवानका उच्च जोखीम रहने गर्दछ । बाढी तथा डुवानका कारण जीवाणु मानीस पशुपंक्षि तथा वातावरणीय अन्तरक्रियामा फरक प्रभाव पार्ने हुँदा त्यस क्षेत्रका जनसमुदाय लेप्टोस्पाइरोसीसको उच्च जोखीममा रहने गर्दछ ।

वाढी तथा डुवानकै कारण हालका दिनमा विश्वका अनेक भु भागमा माहामारी हुने गरेको देखिन्छ। यसको मुख्य कारण वाढी तथा डुवानमा परेका जनसमुदायले आफ्नो सुरक्षीत थात थलो छाडी खुल्ला आकाशमा उद्घार शीवीरमा जीवन गर्नु पर्ने हुन्छ । जस्ले त्यी जनसमुदाय विविध खाले संक्रमण एवं सरुवा रोगका जीवाणु विषाणु तथा किट जन्य परजीवीको संक्रमण एवं आक्रमणमा पर्ने गर्दछन । यसबाहेक वाढी डुवानका कारण शुद्ध सफा पानी तथा सरसफाइ फोहोर मैला व्यवस्थापन तथा प्राथीक स्वास्थ्य सेवाको संजाल समेत अवरोध गर्ने हुँदा समुदाय रोगको जोखीममा पर्ने गर्दछन। यस्तो प्रिष्टभुमीमा लेप्टोस्पाइरोसीस रोग यसरी विस्थापनमा परेका जनसमुदायमा देखिने जोखीममा रहन्छ ।

लेप्टोस्पाइरोसीस रोगको जनसमुदायमा देखीने अवस्थिती भिन्न भिन्न वातावरणीय अवस्था अनुसार फरक हुने गर्दछ । यसको पसारणलाई मौसमी घटना वातावरणीय तत्व पशुको किसीमको जनघनत्व जस्ले यो जीवाणुलाई आश्रय दिन्छन, समुदायमा जनसंख्याको बनोट अनी बसोबासको व्यवस्थापनको अवस्था सामाजीक रीति चलन साँस्र्कतिक एवं पौराणीक चलनले प्रभाव पार्ने गर्दछ । तसर्थ यस रौगबारै समुदायमा अवस्थित कौ शुक्ष्म आंकलनका लागी समुदायमा रोग अवस्थित यध्ययन विज्ञान जनस्वास्थ्य चिकित्साकर्मी भेटरीनेरीयन प्रयोगशालबिज्ञ, जनस्वास्थ्य विज्ञ, समाज शास्त्री, पर्यावरण तथा वातावरण विज्ञ। समाज विकास विज्ञ, जलव्यवस्थापन, वास्तुशास्त्री तथा निर्माणविज्ञ सम्मिलित समुहलै अन्तर विषय समैटिएकौ विज्ञकौ समुहलै गर्दा यसकौ बेलैमा नियंत्रण गर्ने कार्य यौजना तयार हुन सक्छ । अझ यसमा सामैल हुने विज्ञहरु पहिलेनै लेप्टोस्पाइरोसिस देखिएको क्षेत्रबाट हुंदा अति उत्तम हुने देखिन्छ ।

यस रोगको राकथामका लागी गर्न के सकिन्छ ?

यस रोग देखिने भौगोलीक पर्यावरणीय यसका स्थाइ आश्रय दाता तथा जोखीममा पर्न सक्ने समुदाय अनी रोग देखिने संभावित मौसमको शुक्ष्म विश्लेषण गर्ने हो भने यो रोगको रोकथाम नियंत्रण एवं उपचारको रणनिती तर्जुमा गर्न कुनै गारो नपर्ने विश्वास जनस्वास्थ्य कर्मीहरुको छ । विश्वव्यापी रुपमा तर काम त सरल कार्यान्वयन कठिन पनी । मानविय प्रयोजनका लागी यस रोग विरुद्ध कुनै खोप उपलब्ध छैन हालसम्म । घरपालुवा गाई प्रजाती ,वंगुर प्रजाती तथा कुकुरलाई लगाउने खोप उपलब्ध छ । तर वन्यजन्तु अनी भुस्याहा अनी समुदायीक कुकुरलाई पो के गर्ने ? डाकसीसाइकतीन जन्य प्रती जैविकको प्रयोग उपचारका लागी गर्न सकिन्छ तर यसको क्प्रभाव १८ घण्टा भन्दा वढी छैैन ।कतै कतै यो रोगको प्रकोप प्रदुषित पानीका कारण हुने गरेको पानीको उचित प्रसोधन एवं सुद्धधिकरण गरेर पनी रोग न्युनीकरण गर्न सकिन्छ । मुसाजन्य जीवको उचीत नियंत्रण गर्ने हो भने पनी जोखीममा रहेको समुदायको जनस्वास्थ्य सुरक्षित राख्न सकिन्छ ।

व्यवसायजन्य स्वास्थ्य सचेतना एवं सुरक्षाका विधि अवलोकन गर्ने हो भने ढल फोहोर मैला व्यवस्थापनमा काम गर्ने समुदाय कृषक तथा अन्य जोखिममा पर्न सक्ने समुह एवं समुदायले आफ्नो काम गर्दा पनि निरोधक जुत्ता पंजा प्रयोग गरी काम गरे गराउने हो भने पनी रोगको प्रकोप न्युनीकरण गर्न सकिन्छ । यसवाहेक शहरी ढल नीकास साथै डुवान क्षेत्रको जल निकासको व्यवहारीक व्यवस्थित एवं वेलैमा वैज्ञानीक निकाश अनी आधारभुत सरसफाई गरीने हो भने पनि रोग न्युनीकरण गर्न सकिन्छ । यस्का लागी निती निर्माणको तहले तथा जनस्वास्थ्यकर्मी यस कुरामा सहमत हुनु आवश्यक छ, गरीवी न्युनीकरण, सामाजीक द्वन्द न्युनीकरण अनी आधारभुत शहरी सरसफाइको उचीत व्यवस्था मात्र गरे पनी यो रोगबाट बच्न बचाउन सकिन्छ । अन्तमा भन्न सकिन्छ , यो रोग नियंत्रणको सजिलो उपाय सहज शहरी वातावरणीय सरसफाइ त हो तर हाम्रो जस्तो विकाशील देशमा कार्यन्वयन त कठिन छ ।

तपाईको प्रतिक्रिया

Loading…