प्रधानमन्त्री लज्जित मन्त्रीहरु पन्छिए, पत्रबारे जानकारी नगराउनेलाई कारबाही गरिने

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् ।
त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् ।

राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’ विषयक अन्तर्क्रियामा ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए । उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे आफूलाई जानकारी नगराउनेहरुको खोजी गरिने बताए । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…