बिप्लब समुहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

सोलुखुम्बु / विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का बिहीबार चितवनमा पक्राउ परेकी छन् । लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा उनलाई भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार खड्का केही दिनदेखि चितवनमा थिइन् । सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका २ खाल्पा माइती भएकी खड्का २०७१ मंसिर ८ गतेबाट विप्लव समूहमा संगठित भएको प्रहरीले जनाएको छ ।

पार्टीको महिला केन्द्रीय सदस्य, कोसी ब्यूरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु सेक्रेटरी रहँदै आएको प्रहरीको भनाइ छ । अनुसन्धान भइरहेकाले सोलुखुम्बु नै पठाउन सकिने डिएसपी कोइरालाले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…