वर्षाका कारण विराटनगर रंगशाला जलमग्न भए पश्चात मुख्यमन्त्री कपका सबै खेल धरानमा हुने

धरान / तीन देखिको लगातारको वर्षाका कारण विराटनगर स्थित सहीद रंगहाला डुबान भए पछि असार २७ गते देखि हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता धरानमा हुने भएको छ ।

लिग आयोजक समितीले आज (विहिबार) धरानमा पत्रकार सम्मेलन गर्दै खराब मौसमका कारण प्रदेश राजधानीमा हुने भनिएका प्रदेश लिगका सम्पुर्ण चरणहरु धरानको प्रस्तावित रंगशालामा आयोजना हुने जनाएको छ । असार २७ गते देखि ३१ गते सम्म लिगका सबै खेलहरु धरानमा हुने अखिल नेपाल फुटबल संघ –एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

असार १६ गते शुरु भएको जिल्ला लिगबाट छनौट भएका ६ वटा टिम प्रदेश लिगमा सहभागि हुदैछन् । प्रतियोगिताका लागि १ करोड प्रदेश सरकार र ३३ लाख रुपैया अखिल नेपाल फुटबल संघ एन्फाले विनियोजन गरेको छ । आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करिब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ । विजेता टोलीले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया पाउनेछ । साथै विजेता र उपविजेताले राष्ट्रिय लिगमा खेल्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…