मोरङको उर्लाबारीमा खोलाले बगाउँदै गर्दा महिलाको उद्धार

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको बिहीबार दिउँसो प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् । उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्षीय सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो ।

खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीवासीले उद्धार गरेका हुन् । घाइते महिलाको उर्लाबारी– ५ स्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…