देशभर भारी वर्षासँगै बाढी-पहिरोको जोखिम, सतर्क रहन आग्रह

इटहरी / बिहीबार र शुक्रबार देशभर भारी वर्षाको कारण साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी गर्न सरकारले आह्वान गरेको छ । तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २० देखि ३६ घण्टासम्म भारी वर्षा हुने अनुमान गरिएकाे छ । जस कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने सम्भावना रहेकाे छ । तराईका कन्काई र कमला लगाएतका नदीमा पानीको सतह खतराको संकेतभन्दा माथि पुग्ने चेतावनी दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार र शुक्रबार देशभर वर्षाको सम्भावना रहेकाे छ । हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा केहि दिनसम्म जारी रहने छ । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा समेत अवरोध आउने बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…