न्यूरोमा मुटु सम्बन्धी सचेत्नामुलक कार्यक्रम सम्पन्न

बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा बिराटनगर राउण्ड टेबल ५ को सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो हस्पिटलका संस्थापक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्रकुमार बिष्टले पूर्वी भेगमा पहिलो पटक क्याथ ल्याब मार्फत न्यूरो हस्पिटलले हृदयघात भएका कयौं बिरामीलाई बचाउन सफल भएको बताउनुभयो । सो सचेतनामुलक कार्यक्रममा हस्पिटलको बरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेश राज श्रेष्ठले हृदयघात तथा यसबाट बच्ने उपाय बारे सहजिकरण गर्नुभयो ।

उहाँले हृदयघात हुनु अगावै के—कस्ता लक्षणहरु देखापर्ने र सो को उपचार पद्धति बारे जानकारी गराउनुभयो । यस्तै कार्यक्रममा बरिष्ठ विशेषज्ञ फिजिसियन डा. केशर बहादुर गुरुङ र बिशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतिले हाइपरटेन्सन तथा डाइबेटिजबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा उपस्थित राउन्ड टेबलका पदाधिकारीहरुलाई जानकारी गराउनुभयो । हस्पिटलले यस किसिमका सचेतनामुलक कार्यक्रम गर्दै आएको र आम जनमानसको स्वास्थ्यको बिषयमा ख्याल गर्न यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिइरहने हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राईले बताउनुभयो ।

यता , बिराटनगर राउन्ड टेबल ५ का अध्यक्ष अश्विनी बंसलले न्यूरो हस्पिटलले आयोजना गरेको उक्त सचेतनामुलक कार्यक्रमले उपस्थित सहभागिहरु सचेत भएको बतााउनुभयो । उहाँले यस किसिमका कार्यक्रम अन्य संघ—संस्था संग मिलेर गर्नु पर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा बिराटनगर राउण्ड डेबलका सबै सदस्य तथा पदाधिकारीहरुको सुगर जाँच समेत गरिएको थियो । न्यूरो हस्पिटलले मुटु रोग सम्बन्धी हृदयघात , एन्जियोप्लाष्टि (मुटुमा स्टेन्ट हाल्ने) , पुसमेकर प्रत्यारोपणमा नेपाल सरकारद्वारा विपन्न नागरिकलाई दिने एक लाख रुपैँया छुटको व्यवस्था समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…