पब्जी खेल्न नपाएपछि एक किशोरले गरे आत्महत्या

एजेन्सी / भारतको शिवपुरी कोलोनीमा पब्जी खेल्न नपाएपछि एक किशोरले आत्महत्या गरेका छन् । आइतबार राती एक एएसआईका १७ वर्षीय छोरा तरसेमले फाँसी लगाएर आत्महत्या गरेका हुन् । परिवारले दिएको जानकारी अनुसार किशोरले गत एक वर्षदेखि मोबाइलमा पब्जी खेल्दै आएका थिए ।तरसेम दश कक्षामा अध्ययनरत थिए । उनी एक वर्षदेखि आफ्नो अधिकतम समय मोबाइल चलाएर बिताउने गर्दथे ।

तरसेम राती १२ बजेसम्म पनि नसुती पब्जी खेल्ने गर्दथे । शनिबार राति तरसेम खाना खाएर आफ्नो कोठामा गएका थिए । तरसेमकी आमा उसको कोठामा जाँदा तरसेम फाँसी लगाएर झुन्डिएको थियो । उसलाई तुरुन्त अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको थियो । परिवारका अनुसार तरसेमलाई मोबाइलमा पब्जी खेल्न बन्देज गरेपछि उसले आत्महत्या गरेको बताएका छन् । प्रहरीले घटनाको छानबीन जारी राखेको छ ।

तपाईको प्रतिक्रिया

Loading…