इटहरी सरकार प्रमुखका उद्धण्ड एवं मानव अधिकार विरोधी अभिव्यक्ति, व्यवहार तथा कार्यशौली र रमिते राष्ट्रिय मानव अधिकार आयोग

गत साता कामको सिलसिलामा प्रदेश नं. पाँचको बुटवल र कर्णाली प्रदेशको कालिकोट लगायतका केहि जिल्लामा पुगेर त्यहाँ मानव अधिकारका क्षेत्रमा कार्यरत केहि पूर्व परिचित तथा नव परिचित मानव अधिकार रक्षकहरुसंग भलाकुसारी गर्ने अवसर मिल्यो । चाहे नव परिचित मानव अधिकार रक्षकहरुसंगको परिचयको क्रममा होस् या त अन्य व्यक्तिहरुसंगको चियागफमा नै किन नहोस्, मैले आफ्नो स्थायी ठेगाना सुनसरी बताइरहदा, प्राया सबैको एउटै प्रश्न थियो तपाइको घर इटहरी देखि कता पर्दछ । प्रत्योत्तरमा मैले मेरो घर इटहरी उपमहानगरपालिका नै हो भन्दा उहाँहरुले ए………. तपाइहरुकै मेयर हैनन् कहिले कर्मचारी कुटेर, कहिले पत्रकार लोपारेर त कहिले महिलाहरुलाइ अपमानित शव्द बोलेर सामाजिक सञ्जालमा भाइरल भएका भन्ने प्रति प्रश्न तेस्र्याउनु भयो । एक छिन अगाडी सम्म सबै स्थानमा सुपरिचत छ मेरो उदयिमान शहर इटहरी भनेर फुलेको नाक लत्राकलुत्रुक्कै भयो अनि हाम्रा मेयरले अगाडी वढाउन चाहेको तर नसकेको भ्रष्टाचार विरुद्धको अभियानको प्रसंग कोट्याएर नाक थामथुम पारि यथास्थानमा ल्याउन खोजेथे तर खासै सफलता मिलेन किनकी जिल्ला जिल्लाका मानव अधिकार रक्षकहरु इटहरी सरकारका प्रमुखको कार्यशैली प्रति सुपरिचित भइसक्नु भएको रहेछ।

नहुनुहोस् पनि कसरी प्रदेश नं. १ अन्तरगतका ४९ मेयरहरुमा मात्र नभएर देशका २९३ मेयर मध्ये इटहरी उपमहानगरपालिकाका मेयर श्री द्धारिकलाल चौधरी गएका केहि महिना यता चर्चामा हुनुहुन्छ । चर्चामा आउने अनेकन विषय मध्ये भ्रस्टाचार विरुद्धको उहाँको अभिव्यक्ति एक हो भने, उहाँले पदिय मर्यादा भुलेर कानुनको शासन तथा मानव अधिकारका सवाललाइ बेवास्ता गर्दै दिएका अभिव्यक्ति तथा व्यवहारहरु अर्का हुन् ।

केहि समय अधिको खानेपानीका अध्यक्ष श्री राम प्रसाद चम्लागाइ र उपमहानगरपालिकाका कर्मचारी माथिको कुटपिटको विषय, मिति २०७६ जेष्ठ ८ को पत्रकारहरु माथि दुव्र्यवहारको विषय अनि पछिल्लो पटक मिति २०७६ आषाढ ५ मा महिलाहरु प्रति लक्षित अमर्यादित, अशिष्ट एव अशोभनिय अभिव्यक्ति तथा बिवादित भए पश्चात विभिन्न संचार माध्यमहरुमा अन्तरवार्ताका क्रममा उहाँका अभिव्यक्ती र व्यवहार नेपालको संबिधान, विद्यमान कानुन एवं जनप्रतिनिधीको मर्यादा विपरित रहेको कुरा स्पस्ट छ । यि फरक फरक घटनाहरुमा रहेको एउटा सानता भनेको तीनै घटनाहरुमा आफ्नो गल्ति स्वीकारी पटक पटक प्रेस विज्ञप्ती मार्फत मागेको क्षमा याचना नै हो ।

एक सर्बसाधारणका आखाँवाट हेर्दा एउटा स्थानिय सरकार प्रमुखमा आधारभुत रुपमा शिष्ठता, धै¥यता, चातुर्यता, कुटनैतिकता, रणनितिक एवं योजनावद्द तथा कानुन सम्वत कार्य प्रणाली भएको हुन अपरिहार्य हुन्छ तर यि कुराहरु न त उहाँको अभिव्यक्तिमा भेटिन्छ न त व्यवहारमा नै । प्राय हरेक अन्तरवार्तामा उहाँले उठान गर्न नछुटाउनु हुने कुरा, म वर्षाै गा.वि.स. अध्यक्ष चलाइ सकेको मान्छे, लातको भुत वातले मान्दैन र म थारुको वच्चा आदीले उहाँको हालको आफ्नो भुमिका प्रतिको वुझाइ त्यसै गरी उहाँ आवद्ध पार्टीले अक्तियार गरेको कार्यप्रणली प्रतीको वुझाइ अपूर्ण रहेको देखिन्छ । म वर्षाै गा.वि.स. अध्यक्ष चलाइसकेको व्यक्ति भनिरहदा हिजोको स्थानिय निकाय र आजको स्थानिय तहको संबैधानिक क्षेत्राधिकार तथा भुमिका प्रति नजरन्दाज गरेको दखिन्छ । त्यसै गरी उहाँले पटक पटक गल्ति गर्ने र म थारुको वच्चा मलाइ शव्यता शिष्ठता आउदैन भनिरहदा लाखैं भुमिपुत्र थारु दाजु भाइ तथा दिदि वहिनीहरु अशव्य तथा अशिष्ठ छन् भन्ने दुस्प्रयास गरी अपमानित गर्न खोजेको देखिन्छ ।

नेपालको तराइ मधेश क्षेत्रका भुमिपुत्र थारुहरु अन्य नेपाली नागरिक भन्दा ÷ जत्तिकै शान्त छन्, शुसिल छन्, शव्य छन्, शिष्ठ छन् अनि सक्षम पनि । त्यसैले आफ्ना गल्ति कमजोरी लुकाउने नाममा जातियताको सहारा लिएर एक निश्चित जाति माथिनै अशव्य तथा अशिष्ठको विल्ला भिराउन खोज्नु आपत्तिजनक छ । जहाँ सम्म लातको भुत वातले मान्दैन भन्ने लगायतका उहाँका अभिव्यक्ति र व्यवहारहरु छन् ती मानव अधिकार तथा कानुनको शासनलाई हातमा लिन दुस्साहास गर्ने प्रकृतीका देखिन्छन् जुन कुरा एउटा सरकार प्रमुख वाट न त विद्यमान कानुनले नै परिकल्पना गरेको छ न त संविधानले नै । उहाँको कार्यशैली, व्ययहार तथा वोलिका कारणले सृजीत समस्याहरुलाइ लिएर हरेक पटक मागिएको क्षमायाचनाले उहाँको निर्णय क्षमता माथिनै ठुलो प्रश्नवाचक चिन्ह खडा गरेको छ । इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए पश्चात उहाँले उठान गर्न खोज्नु भएको भ्रस्टाचार विरुद्दको अभियान सकारात्मक छ तर विषय र प्रसंगले अर्काे अर्थ नलागेमा उहाँको छोटे राजा वन्न खोज्ने प्रवृती कायमै रहे ईटहरीको विकाश होईन वद्नामी गराउने प्राय निश्चित देखिन्छ ।

पछिल्ला समयका तीन घटना मध्ये पत्रकार माथि दुव्र्यवहारको घटना, विषय र प्रसंगले अर्को अर्थ नलागेमा, लेनदेनमा आएर टुगिंएको देखिन्छ । पत्रकार माथिको दुव्र्यवहार पश्चात रुष्ट भएर उपमहानगरपालिकाका सबै कार्यक्रम वहिस्कारको उद्धधोष गर्ने पत्रकार महासंध, इटहरी उपमहानगरपालिकाले महासंधलाइ भवन निर्माणका लागि जग्गाको भोगाधिकारका दिने ÷ दिलाउने निर्णय गरेसंगै आफ्ना सबै पुर्ववत निर्णयहरु अनौपचारीक तवरवाटै फिर्ता लिइ घटनालाइ थामथुम पारेको देखिन्छ भने महिलामाथि अपशव्द प्रयोगको घटनालाइ लिएर विभिन्न संघ संस्थाहरु कारवाहीको माग सहित विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनमा व्यस्त देखिन्छन् तर सरोकारवाल निकायहरु प्राय मौन छन् । के सरोकारवाला निकायको मैनता अन्य आम नागरिकले यस्तै प्रकृतीको गल्ती गरेको भए पनि यस्तै हुन्थ्यो होला र ?

मेयर द्धारिकलालको उद्धण्ड अभिव्यक्ति तथा व्यवहारका प्राय घटनाहरु घट्ने वित्तिकै दुःख व्यक्त गर्ने इटहरी उपमहानगरपालिकाकी उपमेयरले पछिल्लो घटनमा मौन देखिनु भएको छ । राजनितीसंगै सामाजिक अभियानको पृष्ठभुमि वाट आउनुभएकी उपमेयरले महिलाकै सवालमा नवोल्नु नगरको बजेट तयारीको व्यस्तताले नै हो या त अरु नै केहि, त्यसका लागि केहि दिन कुरेरै हेर्नु पर्ने दखिन्छ । कार्यव्यस्थताकै कारणले यस विषयमा उहाँको धारण नआएको हो या कोही कसैको दवाव वा नियतवस नबोलिएको हो, समयले यथार्थ वाहिर ल्याउने नै छ । आशा गरौं उहाँले आफ्नो घारण छिट्टैनै सार्वजानिक गर्नुनै हुनेछ, समग्र महिला दिदि बहिनीहरुसंगै उहाँ पनि खडा हुनुनै हुने छ ।

यस्तै रबैया रहि रहे मेयर चौधरी स्वयंले आफ्ना पटक पटकका गल्तिहरुवाट पाठ सिक्दै आफ्नो कार्यशैली, व्ययहार तथा वोलिका परिस्किृत एवं परिमार्जित गरी संबिधान, विद्यमान कानुन तथा स्थानिय सरकार प्रमुखको भुमिका संवत बनाएर लौजान सक्ने सम्भावना प्राय न्यून रहेको अवस्थामा उहाँले संबिधानको धारा २१५ (८) ‘ख’ को व्यवस्थाको प्रयोग गरी मार्ग प्रसस्त गर्नुको विकल्प छैन । पटक पटक गल्ति कमजोरी गर्दै कानुन हातमा लिने प्रयास गर्ने अनि प्रेस विज्ञप्ती मार्फत क्षमायाचना माग्दै गोहि आशु झार्दैमा के सबै कुरा क्षम्य हुन सक्लान् ।

दोसी उपर स्पस्टीकरण सोधी फेरी यस्तो नगर्ने सर्तमा सुध्रिने मौका दिने वा कारवाहि गर्ने विषयको त कुरै नगरौ, यसरी पटक पटक सम्म बिवादमा मुछिएका इटहरी सरकारका प्रमुखका विषयमा न त उहाँ आवद्ध पार्टीले औपचारीक धारण सार्वजानिक गरेको छ न त मानव अधिकारको संरक्षण सम्वद्धनका लागि गठन भएका आयोगहरु नै बोलेका छन् । मेयर द्धारिकलाल चौधरीले महिलाको अस्मिता माथी धावा वल्दै पटक पटक प्रयोग गर्नुभएका आपत्तीजनक शव्दहरु तथा पछिल्लो समयका उहाँका व्यवहारका विषयमा सरोकारवाला आयोगहरु, राष्ट्रिय महिला आयोग तथा राष्ट्रिय मानव अधिकार आयोग प्राय वेखवर देखिन्छन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ को कार्यालयलाइ जिम्मेवार मानव अधिकार रक्षकहरुले पटक पटक औपचारीक अनौपचारीक तवरवाट जानकारी गराउदा समेत केही गरेको देखिदैन । पार्टीका विषयमा त नकुरा गरौं, यस घटनाले आम मानव अधिकार रक्षकहरु माझ यी आयोगहरुका विषयमा एउटा प्रश्न चिन्ह खडा भएको छ, के आयोगको ध्यानाकर्षण हुनका लागि गोलि हानी हत्या नै गरिएको घटना हुन पर्ने हो या सरकारले कोही कसैको मानव अधिकार उल्लघंन गर्दा, स्थानिय सरकार प्रमुखले पटक पटक कानुन हातमा लिने प्रयास गर्दा पनि राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भइ आवश्यक प्रकृया अगाडी बढाउनु पर्ने हो ? आयोग आफैले आफुमा निहित suo motu प्रयोग गरी सार्वजानिक सरोकारका विषयमा उजुरी दर्ता गरी आवश्यक प्रकृया अगाढी वढाउनु पर्नेमा पटक पटक मानव अधिकार रक्षकहरुवाट ध्यानाकर्षण गराउदा समेत खासै चासो नदिनु अत्यन्तै निन्दनिय छ । अतः राष्ट्रिय मानव अधिकार आयोगले इटहरी सरकार प्रमुखका मानव अधिकार विरोधी अभिव्यक्ति, व्यवहार र कार्यशैलीका विषयमा छिटौ अध्यायन गरी आवश्यक प्रकृया अगाडि बढाइ आयोग प्रतिको जनविश्वासलाइ कायम राख्न जरुरी छ ।

लामो समय हिसांत्मक द्धन्दवाट गुज्रेको समाजमा रहेका कारणले हुन सक्छ प्राय हामी सबैमा अहिंसात्मक सञ्चार सिपको अभाव भएको पाइन्छ । यो कुरा मेयर चौधरी र उहाँको असंवेदनसिल अभिव्यक्ति तथा व्यवहारको विरोध गर्नेहरु दुबैमा देखिन्छ । इटहरी सरकारका प्रमुख द्धारिकलाल चौधरीको भ्रष्टाचार विरुद्धको अभियानको प्रयास वाहेकाका पछिल्ला उद्धण्ड अभिव्यक्ति तथा व्यवहारहरु आपत्तिजनक छन्, त्यसमा दुइमत छैन । सम्वन्धित सरोकारवाला निकायले आवश्यक प्रकृया अगाढी बढाउनै पर्दछ । त्यो संगसंगै उहाँलाइ कारवाहिको माग गर्ने आफुलाइ मानव अधिकारको पहरेदार अगुवा मानव अधिकार रक्षक संझने जो कोहिले पनि आफ्ना अभिव्यक्तिहरु मानव अधिकार मैत्री, शिष्ट, शव्य तथा मर्यादित भए नभएका विषयमा ख्याल गर्नै पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading…