बिप्लव नेतृत्वको नेकपाले असार १० गते नेपाल बन्द गर्ने

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले असार १० गते नेपाल बन्द आव्हान गरेको छ । सर्लाहीमा आफ्ना कार्यकताको हत्या भएको भन्दै विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको हो ।

विप्लवले प्रेस विज्ञप्ति निकाल्दै सर्लाही इञ्चार्ज कुमार पौडेललाई पक्राउपछि यातना दिएर हत्या गरिएको आरोप पनि लगाएका छन् । असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित जंगलमा प्रहरीसँगको भिडन्तमा विप्लव माओवादीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको विप्लवको दावी छ ।

तपाईको प्रतिक्रिया

Loading…