सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी । सर्वोच्च अदालतको फैसला कार्यन्वयन नगरेको भन्दै मोरङको पथरी शनिश्चरेमा स्थानियले आन्दोलन गर्ने चेतावनी दिएका छन । नगरपालिकाको कार्यलय काँहा राख्ने भन्ने विषयमा २०६८ साउन ३२ गते साविक पथरी गाविस र शनिश्चरे गाविसका राजनैतिक दलको सर्वदलीय बैठकले केन्द्र साविक शनिश्चरे गाविसको वडा नम्बर १ को शरणार्थी शिविरमा राख्ने निर्णय गरेको थियो । नगरले नगर प्रमुख त पायो तर सो निर्णयको अवज्ञा गर्दै कार्यलय हाल सम्म पुरानै स्थानमा रहेको छ । सर्वोच्च अदालतले समेत पटक पटक राज्यले तोकेको स्थानमा भवन निमार्ण गर्न आदेश दिएको थियो । तर पथरीशनिश्चरेक नगरपनलिकाले बिभिन्न कारण देखाउदै सर्वोच्चोको आदेशको अवज्ञा गर्दै आएको छ ।

स्थिानिय निर्वाचन पछि नगरले कार्यलय बनाउनु पर्नेमा बिभिन्न बहाना गर्दै मुद्धामामला तर्फ धकेलिएको भन्दै स्थानियले शनिवार पत्रकार सम्मेलन गरेका छन । जिल्ला, पुनराबेदन हुदै सर्वोच्चले गरेको फैसला नगर र जनप्रतिनिधी आफैले अवज्ञा गरे पछि नगर पटक पटक बिबादीत हुदै आएको छ । “२०६८ सालमा देश पुर्न संरचनामा जदा सर्वदलिय र सर्वपक्षिय भेलाले पथरीशनिश्चरे साविक शनिश्चरे गाविस वडा नं. १ र हालको पथरीशनिश्चरे १० मा कार्यलय राख्ने सहमति भएको” अगुवा रमेश राई बताउछन ।

यसै विच नगरपालिकाले नगरपालिकाको केन्द्र कहा राख्ने विषयमा जग्गा खोजविन गर्न उपमेयर यमुना विष्ट वास्तोलाको संयोजकत्वमा समिति निर्माण गरेको छ । समितिले भदौ १० गते सम्ममा प्रतिवेदन प्रस्तुत गर्ने छ । यसै विच प्रदेश सरकारले सोहि स्थानमा आदिवासी जनजाति तथा धार्मिक संग्रालय निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरिसकेको छ । यता सोहि स्थानमा खेल मैदान निर्माण गर्न प्रदेश सरकारले समेत वजेट विनियोजन गरेको छ । यता संर्घष समितिले भने भुटानी शरणार्थी शिविर भित्र किरात राई यायोक्खाले चर्चेको १ विगाह १० कठ्ठा जग्गामा नगरपालिकाको केन्द्र राख्न जग्गा खोजी गरिएको र सवै प्रक्रिया पूरा गरेको वताएको छ ।

जनप्रतिनिधी निर्वाचित भएर आए पछि ६ महिना भित्र निर्णय बैठक बस्नु पर्नेमा मेयरले नियोजित तरिकाले छल गरेको भन्र्दै एमालेका पुर्व क्षेत्रिय अध्यक्ष भगत चन्द्र थपलियाले बताए । कार्यलयको लागि नगर सभाको बहुमतले पास गरेको फाईलको बृवस्था गर्नु, सोहि जग्गा सग्राहलय बनाउन सहमत हुने तर नगरपालिका बनाउन चै यो जंगल हो भनेर अवरोध भने पछी यहाँ मेयरले नियत माथी नै प्रश्न छ थपलियाले भने ।

नगरले सर्वोच्चोको आदेश अवज्ञा गर्दै बिबाद आयो भन्र्दै नगरपालिकाको केन्द्र कहाँ राख्ने भनेर नगरपालिका अन्योलमा रहेको छ । स्थानिय सरकार गठन भएको २ बर्ष बितिसक्दा पनि केन्द्र अर्थात् कार्यालय हाल साविक पथरी गाविसको कार्यालयमा छ । जहा कार्यलका लागि पर्याप्त जग्गा छैन । कार्यलयको र सेवागाह्रीका सवारी साधन राख्न समेत हम्मे हम्मे भएको छ । सर्वाेच्च अदालतले समेत नगरपालिकाको केन्द्र पथरी शनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरमा राख्ने आदेश दिएपनि विभिन्न वहानामा केन्द्रलाई पथरी शनिश्चरे १ मै राख्न लागिपरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा वोल्दै संर्घष समितिका संयोजक तथा पुर्व नगर बिकास समिती अध्यक्ष पर्शुराम कार्कीले कुनै पनि बाहानमा नगरपालिकाको केन्द्र तोकिएभन्दा बाहिर राखे स्वीकार नहुने बताए । उनले भने ‘नगरपालिकाको घोषणा अघि नै नगरपलिकाको केन्द्र बारे सवै ठाउँवाट निर्णय भइसकेकाले नगरपालिकाको केन्द्र तोकिएकै ठाउमा हुनुपर्ने हाम्रो अडान हो ।’ नगरपालिकाको केन्द्र भुटानी शरणार्थी शिविर रहेको ठाउ उपयुक्त भएको समेत कार्कीको भनाइ छ ।

भौतिक संरचना निर्माण नहुन्जेल साविक पथरी गाविसको कार्यालयलाई नै नगरपालिकाको केन्द्र वनाउने र पछि प्रस्तावित स्थानमा केन्द्र राख्ने निर्णय भएपनि कार्यान्वयन नभएको संर्घष समितिको भनाइ छ । २०७२ वैसाक २५ गते नेपाल भरिका ७२ वटा नगरपालिका घोषणा हुदा पथरीशनिश्चरेलाई नगरपालिका घोषणा गरिएको थियो ।

संर्घष समितिका अनुसार तत्कालिन मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्की, स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनालीको उपस्थितिमा भएको सर्वदलीय सहमतिले समेत नगरपालिकाको केन्द्र तोकिएकै स्थानमा राख्नु पर्ने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा वोल्दै संर्घष समितिका सदस्य भगत थपलियाले पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधिको कारण नै हाल सम्म पनि नगरपालिकाको केन्द्र तोकिएकै स्थानमा राख्न अलमल भएको आरोप लगाए ।

स्थानीय गंगा साँवा पथरी शनिश्चरेको केन्द्र तोकिएको स्थानमा नराखिए थप संर्घष गर्न वाध्य हुने वताए । यदि नगरले अझै पनि सर्वोच्चको आदेशको अपहेलना गरे शनिश्चरे बासि पथरीशनिश्चरेबाट छुटिने सावाले बताए ।

पुनरावेदन अदालत विराटनगरले २०७१ असार ३ गते नगरपालिकाको कार्यालय भुटानी शरणार्थी शिविरमा राख्न आन्तरिम आदेश जारी भएको विज्ञाप्तीमा जनाइएको छ । विज्ञाप्तीमा विभिन्न मितिमा पुनरावेदन अदालत तथा सर्वाेच्च अदालतले पनि आदेश दिएकोले नगरले अदालतको मानहानी नगर्न आग्रह गरेको छ । राज्य पुर्नसंरचना आयोगले पथरी शनिश्चरे नगरपालिकामा तत्कालिन हसन्दह गाविस समेत मिलाई १० वटा वडा वनाएको र केन्द्र पथरी शनिश्चरे १० भुटानी शरणार्थी शिविर क्षेत्रमा राख्ने निर्णय गरेकाले सो निर्णय मान्न समेत आग्रह गरिएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…