बेलबारीबाट बिप्लवका दुई र उर्लाबारीबाट १ कार्यकर्ता हतियार सहित पक्राउ

बेलबारी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका दुई जना हतियार र गोलीसहित मोरङको बेलबारी नगरपालिका–3 स्कुलडाँडाबाट पक्राउ परेका छन् ।
एक व्यापारीसँग चन्दा वापतको रकम उठाउन जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ घर भएका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय कन्सा माझी धिमाल रहेका छन् । पक्राउ परेका मध्ये राई ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी र धिमाल कार्यकर्ता हुन् । सरकारले ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएपछि उनीहरु भूमिगत थिए । पक्राउ परेकाहरुको साथबाट दुईवटा पेस्तोल, चारवटा म्यागजिन र १४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ‘विप्लव’ समूहका दुई जना हतियारसहित पक्राउ परेको पुष्टि गरे ।

पक्राउ परेकाहरुलाई सोमबार दिउँसो सार्बजनिक समेत गरिएको छ । हतियारसहित एक व्यापारीसँग माग गरिएको चन्दा असुल्न को १७ प ४५९६ नम्बरको मोटरसाइकलमा गइरहेका बेला इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सकेको हो । प्रहरीले ती व्यापारीको नाम र ठेगाना गोप्य राखेको छ ।

‘विप्लव’ समूहले ती व्यापारीसँग केही समयदेखि ७ लाख रुपैयाँ चन्दा माग गरेको खुलेको छ । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि व्यापारीसँग माग गरिएको चन्दा वापतको रकम उठाउन गएको खुलेको छ । त्यसैगरी निजहरूको प्रारम्भिक अनुसन्धानको क्रममा सोमबार दिउँसो १२ बजेको समयमा समयमा उर्लावारी नगरपालिका २ सालबारी बस्ने बर्ष अंन्दजाी ४८ बर्षको केन्द्रलाल धिमाललाई निजको घरमा ३ नाल भरूवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने बारूद, छर्रा, नटबोल्ट, केप, वासर, पुल्थ्रोमा प्रयोग भएको कपडा लगायतका सामाग्री सहित समेत पक्राउ गरीएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…