प्रधानमन्त्रीले हुकुमी शैलीमा शासन गरेको सांसद भुषालको आरोप

काठमाडौँ / सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आउनुभएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा उहाँले कारागार ऐनको दफा ११ र २५ उल्लङ्घन गरी उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारवाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्री को हुकुमी शैली भएको तर्क गर्नुभयो । कारगार ऐनको दफा ११ मा नेल लगाउन चिकित्सकको सुझाव लिनुपर्ने र दफा २५ मा जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यव्स्था छ ।

तपाईको प्रतिक्रिया

Loading…