रवि लामिछाने र उनका प्रोड्युसर दीपक बोहोरा बिच हानाहान ( यस्तो छ कारण )

काठमाडौँ / टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रबि लामिछानले सोही कार्यक्रमका प्रोड्युसर दीपक बोहोरासँग कुटाकुट गरेका छन् । यो घटना जेठ महिनाको सोमबार रातिको हो । होटल याक एन्ड यतिमा एक कार्यक्रमका दौरान रबिले एकोहोरा दीपकलाई कुटेको शंका पनि गरिन्छ । दुई बीच झडप भए पनि उनीहरुको बाहिरी हालत भने ठिकठाकै भएको बुझिन्छ ।

यो घटनापछि निकै निराश भएका ‘न्युज २४’का पत्रकार जागिर छाड्ने मनस्थितिमा पुगेका छन् । उनले हालै आफ्नो फेसबुकमा लेखे, ‘पत्रकारिताबाट पुग्यो जस्तो लाग्यो ।अब फेमिली बिजनेस, फेमिली टाइम…।’ यसको अर्थ दीपकले रविकै कारण जागिरबाट हात धुनु पर्ने अवस्था आएको बुझिन्छ । कार्यक्रम सीधा कुराको लोकप्रियता क्रमशः खस्किदै जानु र विवादमा पनि फस्दै गएका कारण रवि आफै पनि तनावमा रहेको निकटस्थहरु बताउँछन् । कार्यक्रम सीधा कुरामा असत्य र भ्रामक विषयवस्तु पनि उनले पस्केका थिए ।

आँखामा पट्टी लगाएर पनि एक बालकले कुनै पनि वस्तुको रङ र कागजमा लेखेको छोएकै भरमा पत्ता लगाउन सक्छन् भनेर त्यो प्रकरणलाई अद्भूत क्षमता भनेर रबिले समाजमा भ्रम छरेका थिए । यर्थार्थ ती बालकले नाकको दुई साइडबाट हेरेर त्यो सबै गर्थे । टुँडीखेलमा राखेर भ्रष्टहरुलाई नाकको डाँडी भाँच्ने चाहना रहेको पनि उनले बताएका थिए । जुन निकै विवादास्पद भएको थियो । अमेरिकामा हुँदा एक नेपाली अभिनेत्रीसँग लिभिङ टुगेदरमा बसेको, अमेरिकी महिलासँग अवैध सन्तान उत्पादन गरेको, भएकी पत्नीलाई डिभोर्स दिएर कान्छी बिवाह गरेको भनेर पनि उनको आलोचना भएको थियो ।

रवि लामिछानेले आफ्नो टिभिमा कार्यरत कर्मचारीहरुलाई तलव समेत नदिए पछि अहिले अधिकांस कर्मचारी रुष्ट बनेका छन । आफुले महिनावारी तलव लिने तर कर्मचारीहरुलाई नदिने गरेको कर्मचारीहरुले बताएका छन । टेलिभिजनले लामो समय देखि कर्मचारीहरुलाई तलव नदिई काम गराउँदै आएको छ ।
अर्कोको विषयमा उफ्रि उफ्रि आवन उठाउँने रविले हाम्रो श्रम शोषण गरिरहेको छ न्यूज २४ टेलिभिजनका एक पत्रकारले भने । टेलिभिजनका काठमाण्डौ बाहिरका अधिकांस कर्मचारीहरुले तलब पाउँदैनन् । न्यूज २४ का पत्रकारहरुले रवि लामिछानेले श्रम शोषण गरिरहेको बताएका छन

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…