आर्थिक वर्ष सकिनै लाग्दा रकम सिध्याउन अवलोकन भ्रमण

इलाम / आर्थिक वर्ष सकिन अब तीन हप्ता मात्रै बाँकी छ । आव सकिनुभन्दा झण्डै दुई हप्ताअघि नै बिनियोजितसहितका खर्च हुनुपर्ने र आकस्मिक खर्च हुने बजेट खर्च भएको देखिनुपर्छ । नत्र त्यो बजेट चालु आवमा खर्च हुन नसकेको देखिन्छ । बजेट उब्रिन्छ । बिनियोजित भए प्रगति पनि देखिँदैन । नभए रकम या त सम्बन्धित निकायमा फिर्ता जान्छ, या त कार्यालयमा रहन्छ ।

यस्तो बजेट खर्च भएको देखाइसक्नुपर्ने अवधि एक हप्ता मात्र बाँकी रहेका बेला रकम सिध्याउनकै लागि इलामको रोङ गाउँपालिकाले भने अवलोकन भ्रमणको बाटो अपनाएको छ । रोङबाट दुई लाख रूपैयाँ सिध्याउन १६ जनाको टोली बनाएर बिहीबार मात्रै पाँच दिने भ्रमणका लागि पोखरातिर हानिएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

Loading…