नेपालमा विदेशी च्यानल बन्द हुदै ( यस्तो छ कारण )

काठमाण्डौ / विज्ञापन नियमनको लागि प्रस्तावित कानूनहरू स्वीकृत भएमा नेपालमा प्रसारण हुने १५० भन्दा बढी विदेशी च्यानल बन्द हुन बाध्य हुने छन् । “विज्ञापन विनिमय विधेयक” बारे नेपालको माथिल्लो सदन–राष्ट्रिय सभाले हालै उक्त नियमहरूको सर्मथन गरेको थियो ।अझ सबैभन्दा महत्वपूर्ण विदेशी सेटेलाइट टेलिभिजन च्यानलहरूले कानून निहीत रही विज्ञापन बिना प्रसारण गर्नुपर्नेछ । अन्यथा ५ लाख रुपियाँ दण्डको अलावा नियम उल्लङ्घन गर्ने च्यानलहरूको डाउन लिंकिंङ् परमिट पनि खारेज गरिनेछ । नियमले विदेशी विज्ञापन प्रसारणमा समेत रोक लगाएको छ । स्थानीय प्रसारकहरूले समेत विदेशी कम्पनीका विज्ञापनको डब गरेर प्रसारण गर्न पाउने छैनन् ।

विदेशी प्रसारकहरू वा सञ्जालबाट इजाजतपत्र लिएर नेपालमा सेटेलाइट वितरकले विदेशी टिभी च्यानलका सिग्नल प्रसारण गरिरहेका छन् । यी सेटेलाइट वितरक विदेशी प्रसारक वा सञ्जालबाट उपलब्ध गराइएका उपकरणको प्रयोग गरेर सिग्नलको डाउनलोड गर्दछन् ।लगभग हरेक विदेशी प्रसारक वा सञ्जालका सामान्य फिडका लागि व्यापक क्षेत्र वा भूगोल रहन्छ र नेपाल त्यस्ता व्यापक टेलिकास्टिङ्ग क्षेत्रभित्रको भाग मात्र हुन सक्छ । अन्य राष्ट्र जस्तै इन्डिया, भुटान, श्रीलङ्का, बंगलादेश, महासागरीय वा प्रशान्त महासागर क्षेत्र यस्ता व्यापक प्रवाहको साझेदार हुन् सक्छन् ।

एकै सिक्काको दुई पाटो भनेझैं विदेशी च्यानलहरूमा विज्ञापन प्रसारण गर्न नदिने हो भने यसले विदेशी टेलिभिजन च्यानलहरूको प्रसारणमा कमी ल्याउने वा व्यवसाय नै बन्द गर्न बाध्य हुनेछन् । नेपालको करिब ३ करोड नागरिकहरूको टेलिभिजनमा पहुँच छ र ४० प्रतिशतभन्दा कम उपभोक्ताले टेलिभिजन ग्राहक शुल्क तिर्छन् ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…