पथरीको जंगलमा कुहिएको अवस्थामा पुरुषको शव फेला, २ महिना यता भेटिए ३ शव ( ९ तस्विरहरू सहित)

पथरी / पथरी शनिश्चरे नगरपालिकास्थित सुन्दर सामुदायिक वनक्षेत्रमा एक व्यक्तिको शव भेटिएको छ । पथरी बजारबाट करिब डेढ किलोमिटर पुर्व अन्दजी ५० / ५५ बर्षका एक पुरुष शव फेला परेकाे हाे । पुर्वपश्चिम राजमार्गबाट झण्डै १ किलोमिटर दक्षिण जंगलमा शव भएको प्रहरीले जनाएको छ । शवको अनुहारलगायत अंगहरु सड्न लागेको अवस्थामा छ । मृतकले रातो टि सर्ट लगाएको र पेन्ट आधी खोलिएको अवस्थामा छ । घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट केहीबेर अघि मात्र प्रहरी पुगेको छ । जंगलमा सुकेका रुखका हागा टिप्न गएका स्थानीयले जंशव देखेपछि प्रहरीमा खबर गरेका थिए ।

शव कुहिएर नचिनिने अवस्था भएकाले पहिचान हुन सकेको छैन । शव भएको ठाउमा चप्पल र राम नामी गाम्चा रहेको छ । शरिरबाट पेन्ट खोलेको र पुरै शरिर कुहिएर कालोृ भएको छ भने अनुहारमा गहिरो चोट लागे जस्तो देखिएको छ । घटना कसैले घटाएको हो या आफै घटेको भन्ने पुष्टी हुन सकेको छैन । तर घटनाको प्रकृती हेर्दा कैसैले घटाएको हुन सक्ने स्थानिय बताउछन ।

यता शवको पहिचान हुन नसकेको र पहिचानको लागी खोजि हुदै गरेको प्रहरीले बताएको छ । शवको पहिचान गराई पोष्टमाटमका लागि अस्पताल लैजाने पथरी इलाका कार्यलयले जनाएको छ । सोहि प्रबृधीको घटना बैशाख ३० गते पिशुपति सामुदायिक वन भित्र पनि फेला परेको थियो । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४५ वर्षीय कमलबहादुर धिमालको शव सडेको अवस्थामा स्थानियले भेटेका थिए । पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको शव छोरा राजेश धिमालले आफ्नो बाबुको रहेको बताएका थिए । त्यस्को केहि समय बित्न नपाउदै ५ दिन बित्न नपाउदै सुन्दर समुदायीक बनमै अर्का एक ब्याक्तीको शव फेला परेको थियो ।

पशथरीशनिश्चरे ८ निवासी विमल परियारको शव विहिबार विहान रुखमा झुण्डीएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको थियो । पथरीशनिश्चरेमा एक पछि अर्को रहस्यमय मृत्यूका घटना घट्दै जाने तर स्थानिय निकाय र प्रहरी प्रशासनबाट शुरक्षाको प्रत्याभुती हुने कुनै कदम नचाल्दा दिन प्रति दिन यस्ता घटना बढ्दै गएको छ । जस्ले गर्दा अपराधीक कृयाकलापमा लागेका अपराधीलाई अपराधीक घटाना घटाउन सुरक्षीत स्थान बन्दै गएको जस्तो देखिएको छ ।

अघिल्लो बर्षलाईलाई हेर्ने हो भने मात्र पनि जंगल भित्र ६ ओटा रहस्यमय घटना घटेका छन । फागुन ३ गते पथरी बजारबाट तीन किलोमिटर पश्चिमको जंगलमा पर्ने मोरङ्गे खोलामा ५२ वर्षीया सावित्रा खतिवडाको शव फेला परेको थियो । झापा मेचीनगरको धुलाबारी घर भई काठमाडौँ बस्दै आएकी खतिवडाको शव पात टिप्न गएका स्थानीयले देखेका थिए ।
त्यसको केहि समय अघि पथरीको बजार संग टासिएको सिरिजंगा धार्मीक बनमा रन बहादुर लिम्बुको शव फेला परेको थियो । तर एक पछि अर्को घटना घटि रहदा स्थानीय जनताले भने अफु सुरक्षीत महसुस गर्न सकेका छैन्न ।

तपाईको प्रतिक्रिया

Loading…