राष्ट्रिय पाककला प्रतियोगिताका लागि प्रदेश नम्बर एकबाट २० प्रतिस्प्रर्धीकाे लिइयाे अन्तरवार्ता

सुनसरी/ राष्ट्रिय पाककला प्रतियोगिताका लागि प्रदेश नम्बर एकबाट २०जना प्रतिस्प्रर्धी अन्तरवार्ता लिईएको छ। इटहरीस्थित प्रिमियर होटल स्कुलमा प्रतिष्पर्धीहरुको अन्तरवार्ता लिईएको हो। नेपालमै पहिलोपटक गरिन लागेको राष्ट्रिय पाककला प्रतियोगिताका लागि प्रदेश एकबाट २० जनाको आवेदन परेको र आजको अन्तरवार्ताबाट २ जना छनौट गरिने प्रतियोगिताका जर्ज सेफ कुमार चालिसेले जानकारी दिनुभयो।

इटहरीस्थित प्रिमियर होटल स्कुलमा आवेदन दिएका २०जना प्रतिष्पर्धीहरुको शुक्रबार अन्तरवार्ता लिइएको स्कुलका सिईओ सुनिल भुषालले जानकारी दिँदै छौट भएकाहरुलाई असार ६गते पोखरामा हुने अन्तिम प्रतिष्पर्धामा सहभागी गराईने बताउनुभयो।

अन्तरबार्तामा स्कुलका सिईओ सुनिल भुषाल, सेफ कुमार चालिसे, किचन एक्ष्पर्ट गगन श्रेष्ठ, होटल एशोसियसन इटहरीका अध्यक्ष जीवन पराजुली र सिटीइभिटीका पुर्वाञ्चल प्रमुख असल सुनुवार निर्णायकका रुपमा रहेका थिए।

देशमै पहिलोपटक हुँने राष्ट्रिय पाककला प्रतियोगितामा १८बर्ष भन्दा माथिका पाककला र २ वर्षे कार्य अनुभव भएको जुनसुकै ब्यक्तिले पनि सहभागिता जनाउने ब्यवस्था गरिएको छ। जसमा सामान्य सडकपेटीमा खोलिएका चियापसलदेखि तीन तारे होटलसम्म काम गरेका कुकले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था छ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…