पानी ट्याङ्कीमा डुबेर बालकको मृत्यु

पोखरा / पोखरामा पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ। स्याङ्जा घर भई पोखरा महानगरपालिका–७ स्थित मामा घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । साथीसँग खेल्ने क्रममा घरको भर्याङमुनि रहेको ट्याङ्कीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading…