डेंगु नियन्त्रण गर्न लाग्यो सुनसरी तरुणदल ( ७ तस्विर)

इटहरी । पछिल्लो केहि साता यता डेंगु विरामीहरु बढ्दै गएको भन्दै नेपाल तरुणदल सुनसरी डेंगु नियन्त्रणमा लागेको छ । धरान हुदै इटहरी आसपासमा डेंगुको बिरामी बढेको भन्दै नियन्त्रण अभियानमा लागेको हो ।

सुनसरीमा सामाजिक कार्यमा सक्रिय तरुणदलले आफ्नै खर्चमा तरहरा क्षेत्रमा डेंगुको औषधी छर्किएको नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले बताए । पछिल्लो समयमा इटहरी आसपासमा पनि डेंगुको विरामी बढेको भन्दै पहिलो चरणमा आज इटहरी १९ र २० मा औधषी छर्र्किएको तरुण दल सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…