झलनाथ खनालले भने ‘म नै बेरोजगार छु’

खोटाङ / नेकपाका नेता एबं पुर्वप्रधानमन्त्री झलनाथ खनालले दुई पार्टी एकीकरणका क्रममा कार्यकर्तामा लागेको खिया पखाल्नुपर्नेमा जोड दिएका छन् । विभिन्न ठाउँको धार्मिक, साँस्कृतिक एबं भौतिक बिकास निर्माणको अवस्थाका अनुगमन तथा अध्ययनका सिलसिलामा खोटाङ आइपुगेका खनालले नेकपाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वर्ष दिनसम्म जिम्मेवारी बिहिन बनेर बस्दा आएको गलत चिन्तनलाई पखाल्न सक्नुपर्नेमा जोड दिए ।

पार्टी एकताकाक्रममा तल्ला कमिटिलाई तत्काल बिघटन गर्दा प्राविधिक कमजोरी भएको उल्लेख गर्दै नेता खनालले वर्ष दिनसम्म नेकपाका आठ लाख सदस्य काम बिहिन बनेको बताए । उनले सिद्धान्त, क्रान्ती, पार्टी, जनता र आफैप्रति बिश्वास गर्न नेकपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । खनाललाई जिल्ला समन्वय समिति खोटाङमा नेकपाका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । नेता खनालले शनिबार नेकपाका दिक्तेल नगर कमिटिलाई शपथ ग्रगण गराएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…