माेरङकाे सलकपुर नर्सरी प्रदेश १ कै सबै भन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नती

सुन्दरहरैंचा / मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका स्थित सलकपुरमा रहेको सव डिभिजन वन नर्सरीलाई प्रदेश १ कै सबै भन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नति गरिएको छ ।

२ लाख ५० हजार विरुवा उत्पादन गर्ने क्षमताको उक्त नर्सरीको प्रदेश नं. १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशकुमार कुसियातले उद्घघाटन गर्नुभएको थियाे । कार्यक्रममा प्रमुख अतिथि कुसियतले प्राकृतिक स्रोतको दोहन, विनास गर्दै जांदा प्रदुषणले स्वास्थ्यमा असर पार्ने भएकाले त्यसलाई जोगाउन संरक्षण गर्न सबै नागरिकको दायित्व भएको उल्लेख गर्नभएको थियो । सो आवसरमा प्रदेश सरकारबाट “एक व्यक्ति एक विरुवा रोपौँ” भन्ने उद्घघाेष समेत गरेकाे बताउनु भयाे । उहाँले प्रदेश १ प्राकृतिक सांस्कृतिक पर्यटकिय हिसावले देशको उत्कृष्ठ रहेको समेत उल्लेख गर्नुभयो । प्रमुख अतिथि कुसियैतले विभिन्न नर्सरीमा हेरालुको काम गर्ने चार जनालाई प्रमाणपत्र सहित नगदले सम्मान समेत गर्नुभएको थियो । कार्यक्रममा वन्यजन्तु बाट पिडित ४ परिवारलाई राहत वितरण गरिएको थियो ।

खाली क्षेत्रहरुमा बृक्षारोपणका लागि विरुवा उत्पादन गर्न र स्थानीयस्तरमा रहेको निजी क्षेत्रहरुमा वन विकास गराई वातावरणीय सुधार ल्याउनका लागि २०३८ सालमा सलकपुर रेञ्जर नर्सरीको नाम बाट स्थापना भई संचालनमा आएको थियो । हाल प्रदेश नर्सरीमा स्तरोन्नति भएपछि वर्षभरी संचालनमा रहने छ । यसबाट स्थानीयस्तरमा रहेको बिरुवाको बढ्दो मागको आपुर्ति गर्न तथा वन प्रजातिबाहेक अन्य जडिबुटी, फलफुल तथा बहुउपयोगी बहुवर्षीय विरुवाहरु समेत उत्पादन र आपूर्ति गर्ने लक्ष्य लिइएको छ । प्रकृति संरक्षणका लागि वृक्षारोपण गर्न विरुवाहरु उत्पादन र वितरण गरी गराई यस नर्सरीले वातावरण संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।

यस वाहेक मोरङ जिल्लामा विराटनगर,मंगलवारे, बेलवारी, रंगेली गरी ५ वटा नर्सरीहरु सरकारी स्तरमा सञ्चालनमा छन् । सलकपुर वन नर्सरीको स्तराेन्नति पश्चात् स्थानीयस्तरमा माग भएका मसला, टिक, कपुर, कर्मा, साज,इमिली,बकाईनो, खयर,सिसौँ, सतिसाल, रुद्राक्ष, धुपी, अमला, सजीवन, विरेन्द्रफूल, कटहर, जस्ता बिभिन्न प्रजातिका एकवर्षीय र बहुवर्षीय विरुवाको उत्पादन गरिने जनाएको छ । आ.व. २०७४/०७५ मा यस नर्सरी वाट १००९९६ र आ.व. २०७५/०७६मा १६१६३ संख्यामा विरुवा उत्पादन र वितरण गरिसकिएको छ ।

“स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ ४६ औँ विश्व वातावरण दिवसका अवसरमा सो उद्घघाटन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य राजकुमार ओझा, लोकप्रसाद संग्रौला, नगरप्रमुख शिवप्रसाद ढकाल, उद्योग वन तथा वातावरण मन्त्रालयका सचिव बद्री ढुङ्गाना लगायतले बाेलेका थिए । कार्यक्रम विभिन्न सामुदायिक तथा साझेदारी वनका अध्यक्ष, वन कर्मचारी लगायतको उल्लेख्य उपस्थीती रहेको थियो । कार्यक्रमको सभापति डिभिजन वन अधिकृत विशाल घिमिरेले गर्नुभएको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरदुलारी उवास मार्फत सुन्दरहरैंचामा कार्यरत पत्रकारकाे बिमा

पिएलओद्वारा सुरक्षाकर्मीलाई समाग्री वितरण

घरघरमा सागसब्जी पुऱ्याउँदै सुन्दरहरैँचाका युवा

पिएलओद्वारा ह्विलचेयर वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा सामुदायिक विद्यालयद्वारा राहत प्रदान

लकडाउनमा यस्तो देखियाे सुन्दरहरैंचा (२६ तस्विरहरू)

नेविसंघ सुन्दरहरैंचाद्वारा खाद्यान्न सामग्री हस्तान्तरण

सुन्दरहरैंचामा प्याब्सनद्वारा राहत समाग्री प्रदान

पूर्वाञ्चल ल्युब आयलद्वारा राहत सामग्री प्रदान

सुन्दरहरैंचामा विभिन्न संघ संस्था तथा व्याक्तिले प्रदान गरेकाे राहतलाई बाड्न शुरु

तपाईको प्रतिक्रिया

Loading…