पर्यटकको पखाईमा तेह्रथुम स्थित चाङलुङ गुफा (तस्विरहरू सहित)

तेह्रथुम / कोशी राजमार्गको ठ्याक्कै पारी पट्टी तेह्रथुमको छथर गाउँपालिका छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यो गाउँपालिकाको काखमा रमाई रहेको छ चाङलुङ गुफा । केही बर्षअघी सम्ममा झोरझाडी जंगल र ओडार झै देखिँदा यहाँका स्थानीयहरु गुफामा पुग्नै डराउने गर्थे । ओझेलमा रहेको गुफालाई देबस्थलको रुपमा पुजाआजा गर्दै आएका थिए यहाँका स्थानीयहरु । गाउँपालिकाकै धेरै थाहा थिएन यो गुफाको बारे । दुई बर्ष सम्म गुमनाममा रहेको गुफा संरक्षणका स्थानीय युबाहरुको सकृयतामा सुरु गरे पछी प्रचारमा आउन थालेको हो । धनकुटाको सिधुवा देखी सवारी साधानमा करिब १ घण्टामा पुग्न सकिने गुफा पछिल्लो समय पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । आन्तरिक पर्यटकहरुको रोजाईमा रहेको गुफामा पछिल्लो समय दैनिक पचास देखी सय जना गुफा अबलोकनमा लागी आउने गरेका छन ।

खासगरी मेलापर्बहरुमा भने पर्यटकहरुकाृ घुँईचो हुन थालेको छ । चारैतिर हरियाली बनको काखमा रहेको गुफा सँगै निर्माणधिन भ्यु टावरमा पर्यटकहरु रमाउने गरेका छन । गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागी सिडी तथा रेलिङहरु निमार्ण गरीएको छ । यो गुफामा दर्शन गरी भाकल गरे मनोकाक्ष पुरा हुने बिश्वास रहँदै आएको छ । स्थानीय युबाहरुको सकृय तथा ताक्लुङ तक्मीनाक्ला संरक्षण समितीको अगुवाईमा गुफालाई संरक्षण सम्बर्धनमा जुटेपछी प्रचारमा आउन थालेको थियो ।

छथर गाउँपालिकाले गुफालाई पर्यटकीय रुपमा बिकास गर्न आर्थीक बर्ष २०७४÷७५ मा ५ लाख र ०७५÷७६मा ७ लाख रुपैयाँ बिनीयोजन गरेको थियो । रकम बिनीयोजन पछी गुफामा भ्यु टावर निमार्ण चारैतिर सिडीहरु,बस्नेचौतारी,का साथै बिभीन्न गुफाहरु प्हिचान गरीएको छ । २ बर्ष पहिलो सम्म झाडी बन रहेको बनलाई युबाहरुको सकृयता र स्थानीय सरकारले गुफालाई पर्यटकीय रुपमा बिकास गर्न चासो दिए पछी पर्यटकहरुको नजरमा पर्न थालेको हो । जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब ४ घण्टा पैदल हिडेर पुग्न सकिने यो स्थानको आफ्नै बिशेषता रहेको स्थानीयको भनाइ छ । ढुङ्गैढुङगाको चाङ रहेको लिम्बु भाषामा चाङलुङको रुपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नाम ’च्याङलुङ’ रहन गएको संरक्षण समितीका पुर्बअध्यक्ष सचिब कमान सिंह आंखेवाले बताए ।

यो गुफाबाट परापूर्वकालमा एक जना बिज्वानी र कुकुरसँगै छिर्दा बिज्वानी बिचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौडा भन्ने स्थानमा निस्किएकोले गुफाको माथिल्लो भागलाई कुकुर छिर्ने भनिएको किंम्बदन्ती रहेको स्थानीयको भनाई छ । गुफा परिसरमा पर्यटकहरुलाई आकर्षीत गर्न बिभीन्न पार्क निमार्ण सुरु गरीएका छन । गुफाको भ्यु टावरमा बाघको आकृती निमार्ण भई रहेको छ । गुफाको प्रचार प्रसार संरक्षण तथा सम्बर्धनका लागी स्थानीय सरकारले रकम बिनीयोजन पछि भौतिक निमार्णका कामहरु हुँदै आएको छ । गुफालाई छथर क्षेत्रको मात्र नभई जिल्लाकै पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न स्थानीय सरकारले चासो दिनु पर्ने संरक्षण समितीका पुर्बअध्यक्ष महेन्द्र मादेनले बताए ।

स्थानीय सरकार गठन पछी पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न गुफालाई गाउँपालिकामा योजनाको रुपमा अघी सारेको छथर ६ का वडाध्यक्ष टेकराज आंखेवाले बताए । गुफा प्रबर्धनका लागी स्थानीयको श्रमदान र स्थानीय सरकारले रकम बिनीयोजन गरी काम भई रहेको आंखेवाले बताए । गुफाको डिपीआर निमार्णका गरी पर्यटन बोर्डबाट रकम बिनीयोजनमा लागी पहल गर्ने उनले बताए । १ सय २० मिटर लामो गुफा छिर्ने सकिने भएको र गुफाको पहिचान गरी नेपालकै पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न लक्ष्य रहेको वडाअध्यक्ष आंंंखेवाले बताए ।

पर्यटन प्रबर्धनका सम्भावनाहरुको खोजी गर्दै गुफालाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न सके पर्यटकहरु भित्र्याउन मात्र नभई यहाँका नागरिकहरुलाई आर्थीक रुपमा समृद्ध बनाउन सकिने छ ।

तपाईको प्रतिक्रिया

Loading…