ईटहरीमा १२ करोडको लगानीमा होटल इन टुरिष्ट प्यालेस सञ्चालनमा

इटहरी । ईटहरीका चर्चित ब्यबसायी इश्वरी पराजुली र जीवन पराजुली दाजुभाईले करिब १२ करोडको लगानीमा इटहरी– ६ स्थित संगीत चौकनजिक होटल इन टूरिस्ट प्यालेस सञ्चालनमा आएको छ । आईतबार संगीतकार कालिप्रसाद वाँस्कोटाले सो होटलको रिवन काटेर उदघाटन गरेका हुन । होटलमा ५५ जना पाहुनाहरू अट्ने एसी सहितको सेमिनार हल २५ सय देखी ८ हजार सम्मका विभिन्न २३ कोठाहरू रहेका छन ।

यस क्षेत्रको पर्यटकीय गन्तव्यमा आउने पर्यटकलाइ लक्षित गरेर खोलिएको होटलले स्तरीय सेवा प्रदान गर्ने सीइओ जीवन पराजुलीले बताए । पूर्वको बढ्दै गरेको पर्यटकीय चापलाइ मध्यनगर गर्दै तारे होटलको स्तरमा सुविधा सहितको होटल खोलिएको उनले जानकारी दिएका छन् । कार्यक्रममा प्रदेश नम्वर १का कानुन मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारी , उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रोहीत प्रसाई , प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेल, व्यवसायी टंक दुलाल, पर्यटन व्यवसायी सुनिल भुषाल लगायतहरूकाे सहभागिता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

Loading…