राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

तेह्रथुम / जिल्लाको छथर सुक्रबारे बजारमा आयोजित ११ औ राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय छनौट प्रतियोगिताको उपाधी लालीगुँरास नगरपालिकाले आफ्नो पोल्टामा पारेको छ । नगरपालिकाले जिल्लाको ६ वटा स्थानीय तहलाई पछि पार्दै १० स्वर्ण ८ रजत र ३ कास्य सहित शिल्ड हात पारेको हो । त्यस्तै म्याङ्लुङ नगरपालिका ८ स्वर्ण ८ रजत र ३ कास्य सहित दोश्रो छथर गाउपालिका ७ स्वर्ण ६ रजत ५ कास्य सहित तेश्रो भएका छन ।

फेदाप गाउपालिका ३ स्वर्ण ३ रजत ५ कास्य,आठराई गाउपालिका २ स्वर्ण ४ रजत २ कास्य र मेन्छयाम गाउपालिका १ रजत ४ कास्यमा चित्त बुझाएका छन । छथरलाई खेल पर्यटनको रुपमा बिकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरीएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । गत जेठ १५ गतेदेखी सुरु भएको प्रतियोगिता १७ गते सम्पन्न भएको थियो ।

जिल्ला खेलकुद बिकास समिती तेह्रथुमको आयोजना तथा छथर गाउँपालिकाको ब्याबश्थापनमा प्रतियोगिता सम्पन्न भएको प्रबक्ता राजन नेपालीले बताउनु भयो । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाले खेलकुद क्षेत्रलाई बिकास गर्नका बिगतका बर्षहरु देखी क्षेत्रीय र जिल्ला स्तरीय प्रतियोगिता हुँदै आएका छन ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

तपाईको प्रतिक्रिया

Loading…