यही ‘सिरुपाते’ खुकुरी जसले दुई परिवारका ९ जनाको लियो ज्यान ( ११ तस्बीरहरू सहित)

पाँचथर / यो त्यही सिरुपाते खुकुरी हो जसले पाँचथर मिक्लाजुङ ३ आरुबोटेमा दुई परिवारको ९ जना सदस्यको ज्यान लियो । ३१ बर्षिय मानबहादुर माखिमले सोही खुकुरीको बलमा धनराज शेर्मा र बमबहादुर फियाक परिवारको एकै चिहान बनाए । घटनाको अनुसन्धानमा खटिएका प्रहरीले यो खुकुरी मानबहादुर झुण्डिएको करिब एक किलोमिटर दुरी भित्र फेला पारेको थियो । मानबहादुरले हत्या गर्दाको समयमा लगाएको कपडा झाडीमा फालेको अवस्थामा र खुकुरी कपडा नजिक ढुंगाको चेपमा प्रहरीले भेटाएको थियो । त्यसको केही दुरीमा रातको समयमा प्रयोग हुने टर्च समेत भेटिएको थियो ।

घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार मानबहादुरले झुण्डिनु अघि कपडा, हतियार र टर्च रातको समयमा फालेको जानकरी दिए ।मानबहादुरले हत्या गर्दा प्रयोग गरेको दुई थान टिर्सटमा स्पष्ट रगतका दाग देखिएको उनको भनाई छ । उनले प्रयोग गरेको खुकुरी र टर्चमा पनि रगतको दाग देखिएको छ, टर्च लाईट भने मानबहादुरले घटना हुनु अगावैदेखि बोकेको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखाएको छ । ति प्रहरी अधिकृतका अनुसार मानबहादुरले ९ जनाको हत्यापछि नयाँ कपडा फेरेको बताए । ‘हत्या गरेपछि मानबहादुरको योजना अनुरुपनै आत्महत्या गर्ने सोचेको देखिन्छ किनभने उनले हत्यापछि सगै डोरी लिएर हिडेको देखिन्छ’ ।

९ जनाको हत्या गरेको घटनास्थलदेखि मानबहादुर करिब ३ किलोमिटर वर झुण्डिएका थिए । मानबहादुरले प्रयोग गरेको खुकुरी अत्यन्त धारिलो समेत भएको अनुसन्धानबाट देखिएको छ । ‘९ जनाको शवको प्रकृती हेर्दा कसैको टाँउको, अनुहार, पेट र तिख्रासम्म गहिरो चोट पुराएको देखिन्छ’ ति प्रहरी अधिकृतले भने ‘केही शवमा खुकुरीले रोपेको दाग पनि छ’ । सबैभन्दा बढी चोट मानबहादुरका ससुरा बमबहादुर फियाकमा देखिएको छ । उनको अनुहार र टाँउकोमा यतिधेरै चोट छ कि उनको अनहार स्पष्ट नदेखिने अवस्थामा छ । घटनाको प्रकृति अध्यान गर्दा मानबहादुरले निकै समय लगाएर ९ जनाको हत्या गरेको देखिन्छ, प्राय सबै मृतकको शरिरमा ७ देखी ८ वटा सम्म चोट छ । प्रहरी अनुसन्धानले मानबहादुरले मापसे सेवन नगर्ने गरेको तथ्य समेत बाहिर आएको छ । घटनामा प्रयोग भएको खुकुरी, कपडा र टर्च प्रहरीले थप अनुसन्धानको लागी विधि बिज्ञान प्रयोगशाला काठमाडौ पठाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…